Above Article Ad
  • नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घले पनि मनायो पुनर्वासमा २६१औँ सैनिक दिवस

    Above Article Content Ad
  • कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घले आफ्नो २६१औँ सैनिक दिवस मनाएको छ ।

    नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घ कञ्चनपुर क्षेत्र नं. १ ले पुनर्वास स्थित भूतपूर्व सैनिक सङ्घको सभा हलमा सङ्घका अध्यक्ष जित बहादुर तामाङको सभापतित्वमा नेपाली सेना हिताधीकारी कल्याण केन्द्र प्रमुख आ.प्र. मह सेनानी इन्द्र कुमार रानाभाटको प्रमुख आतिथ्यतामा सङ्घले शुभकामना आदानप्रदान तथा बडा भोजको आयोजना गरी भव्यताका साथ मनाएको छ ।

    Article inline ad #1
  • कार्यक्रममा “नेपाली सेना दिवस राष्ट्रको गौरव हो, नेपालीको इज्जत हो” भन्दै राष्ट्रभक्ति गीत प्रस्तुत गर्नुका साथै परापूर्व कालदेखि वर्तमानसम्म नेपाल र नेपालीका लागि वीरगति प्राप्त गर्ने ज्ञात÷अज्ञात सम्पूर्ण नेपाली सेनाप्रति सेना दिवसका अवसरमा भावपूर्ण श्रद्धाञ्जलीसहित सलाम अर्पण गरिएको थियो ।

    Article inline ad #2

    शुभकामना आदान-प्रदान र वडा भोजको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट नेपाली सेना हिताधीकारी कल्याण केन्द्र प्रमुख आ.प्र. मह सेनानी इन्द्र कुमार रानाभाटले नेपाली सेनाको सही सदुपयोग गर्न सकेको खण्डमा विपद्का बेलामा, विकास निर्माणको काममा समृद्धि हासिल गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले नेपाली सेना र सबै तहका सरकारहरूबिच समन्वय गरेर काम गर्नु हामी सबैको दायित्व रहेकोले सम्पूर्ण अवकाश प्राप्त सैनिकहरू एकजुट हुन जरुरी रहेको औँल्याउनु भयो । सम्बोधनको क्रममा उहाँले विश्व सामु वीर गोरखालीको रूपमा परिचय प्राप्त गर्न वीर सैनिकहरूले पुर्‍याएको योगदान र बलिदानबाट सम्भव रहेको हुँदा यसले सिङ्गो देशको प्रतिष्ठा बढाउनुका साथै देशको लागि अपरिहार्य रहेको भूतपूर्व सैनिक जनशक्तिले समाजको विकासमा समेत महत्त्वपूर्ण भूमिका निभाई नेपाल सरकारको लक्ष्य “समृद्ध नेपाल; सुखी नेपाली” मा प्रत्यक्ष रूपमा टेवा पुर्‍याउन बहालवाला तथा भूतपूर्व सैनिकहरूको सहकार्यमा सम्भव हुने बताउनु भयो ।

    यसै गरी विशिष्ट अतिथिको रूपमा रहनुभएका भारतीय भूपू सैनिक हनेरेवल क्याप्टेन जीन बहादुर तामाङले नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घले अवकाश प्राप्त सैनिकको हकहित संरक्षण र संवर्द्धन गर्ने जिम्मेवारीलाई सफलताका साथ सम्पन्न गरेकोमा बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो । अतिथिको रूपमा रहनुभएका नेपाली भारतीय भूपू सैनिक सङ्घ पुनर्वासका अध्यक्ष सुबेदार मेजर मान बहादुर तामाङले शुभकामना दिनुहुँदै नेपाली सेनाका संस्थागत मूल्यमान्यताहरू, रीतिरिवाज र पेशेवर संस्कारलाई अवकाशपश्चात् पनि जीवन्त राख्न भूपू सैनिकहरूले खेल्दै आउनु भएको भूमिका महत्त्वपूर्ण रहेको र भविष्यमा पनि राखिराख्न अनुरोध गर्नुभएको थियो । त्यसै गरी सभापतिको आसनबाट बोल्नुहुँदै आ.प्र. जम जित बहादुर तामाङले कञ्चनपुरको दक्षिणी भेग स्थित नेपाली सेनाबाट अवकाश प्राप्त नेपाली सेनाका ३ सय बढी आबद्ध यो सङ्घले भूतपूर्व सैनिकका हक हित, समाज सुदृढीकरणमा काम गर्दै आएको जानकारी दिनुभयो । उहाँले विपद्मा उद्धार, पुनः स्थापना, राहत वितरण जस्ता समाजसेवाका काम पनि गर्दै आएका जिकिर गर्नुभयो । उहाँले भन्नुभयो “हामी पूर्व सैनिक भएकाले विधि र नीति भित्रबाट गर्ने कर्म गर्दै आएका छौँ ।”

    कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै सञ्चालक समितिका उपाध्यक्ष महतराले नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घ नेपाली सेनाबाट अवकाश प्राप्त भूतपूर्व सैनिकलगायत परिवारहरूको कल्याण र परिआएको समयमा देश र जनताको रक्षा गर्ने मूलभूत लक्ष्यसहित राज्य र सेनाप्रति पूर्ण आस्था र निष्ठासहित एक विशुद्ध सामाजिक संस्थाको रूपमा स्थापना भएको बताउनुभयो । कार्यक्रममा आमन्त्रित अतिथि गण, अवकाश प्राप्त नेपाली सेना, भारतीय सेना र सेनाका परिवार लगायत समाजसेवी, बुद्धिजीवी एवं प्रतिनिधि, पत्रकार ‌लगायतको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रमलाई नेपाल राष्ट्रिय भूपू सैनिक सङ्घ क्षेत्र नं. १ का सचिव आ.प्र. हुद्दा सुक बहादुर तामाङले सञ्चालन गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button