Above Article Ad
  • स्थानीयलाई ऐलानी जमिनको मालिक बनाउने सपनामा बेलौरीका नगर प्रमुख चौधरी

    Above Article Content Ad
  • बेलौरीका मेयर पोतीलाल चौधरीले रामनगरमा नापजाँच कार्यकाे उद्घाटन गर्दै मंगलबार देखि ५ र ३ नम्बर वडाको ऐलानी जमिनकाे नापी शुरु गरिएको बताए ।

    मेयर चौधरीले बषौँदेखि जमिनको स्वामित्व नभएका किसानलाई लालपुर्जा दिलाईने जनाएका छन् । ‘जनतालाई जमिनको मालिक बनाउने काम शुरु भएको छ, ‘उनले भने, ‘अहिले दुई वडाबाट शुरुवात गरिएको नापजाँच बाँकी वडाहरुमा समेत क्रमिक रुपमा गछौँ ।’

    Article inline ad #1
  • भूमि समस्या समाधान आयोग कञ्चनपुरका सदस्य दिल बहादुर देउवाले आयोग मार्फत बेलौरीका दुई वडाहरुमा शुरुवात गरिएको नापजाँच अन्य पालिकाहरुमा समेत भईरहेको जनाएका छन् । सदस्य देउवाले छुटफुटलाई समेत समावेस  गरिने बताए ।
    बेलौरी नगरका उपमेयर जोगराज चौधरीका अनुसार बेलाैरीमा नापजाँच शुरु गरिएसंगै जनतामा आशा पलाएको छ । भूमि समस्या समाधान आयोग कञ्चनपुरका सदस्य सचिव दिवैराज भट्टले लालपुर्जाको कामकाज निरन्तर अघि बढने बढाउनुपर्ने बताए ।

    Article inline ad #2

    भूमि समस्या समाधान आयोग कञ्चनपुरका अध्यक्ष नेत्र प्रकाश पन्तले जिल्लाभरी नापजाँच शुरुवात गरिएको जानकारी दिएका छन् । अध्यक्ष पन्तले यस अघि केही वडा, पालिकाहरुमा लालपुर्जा वितरण गरिएको बताए ।

    बेलौरीमा साढे पाँच हजार भन्दा बढी झण्डै ५  हजार ५ सय ३१ किसानले फारम भरेका थिए । बेलौरी नगरमा नापजाँच शुरु भएपछि भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासी उत्साहित भएका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6