Above Article Ad
  • पुनर्वास–१० वडा कार्यालयद्वारा ३ सय ८५ जनालाई ब्लाङ्केट वितरण

    Above Article Content Ad
  • धनबहादुर बिक

    पुनर्वास– दिनप्रदिन चिसो बढ्दै गएपछि कञ्चनपुरको पुनर्वास नगरपालिका–१० वडा कार्यालयद्वारा ब्लाङ्केट बितरण गरिएको छ ।

    Article inline ad #1
  • बुधबार वडाको आफ्नै बजेटबाट वडाभित्र बसोबास गर्ने जेष्ठ नागरिक , एकल महिला तथा अपाङ्गता भएका ३ सय ८५ जनालाई न्यानो कम्बल वितरण गरिएको हो ।

    Article inline ad #2

    वडा अध्यक्ष सुकदेब रानाको अध्यक्षतामा भएको वितरण कार्यक्रममा पुनर्वास नगरपालिका नगर प्रमुख तोया प्रसाद शर्माको प्रमुख अतिथ्य रहेको थियो । भने बिशिष्ट अतिथिमा नगर उपप्रमुख भुलिया कुमारी राना रहेकी थिईन ।

    त्यस्तै अतिथीमा विभिन्न व्यक्तित्वहरु आसिन थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर प्रमुख शर्माले चिसोबाट आफ्ना जनतालाई कसरी जोगाउने भन्ने विषयमा सरकारका निकायहरु गम्भिर रहेको बताए । उनले वडाको कार्य प्रति खुशी व्यक्त गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी गर्दै लैजाने जानकारी दिए । वडा कार्यालयको प्राङ्गगण भएको कार्यक्रलाई सञ्चालन वडा सचिव कृष्णप्रसाद बडुले गरेका थिए । त्यसैगरी पृथ्वीनारायण शाहको फोटोमा अबिर र फुलमाला लगाउँदै ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस पनि मनाईएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button