Above Article Ad
  • कञ्चनपुर क्षेत्र १ बाट पुर्वमन्त्री बिना मगर संघका लागि सर्वसम्मत

    Above Article Content Ad
  • नेकपा माओवादी केन्द्रले कञ्चनपुर निर्वाचन क्षेत्र १ बाट प्रतिनिधी सभा सदस्य उम्मेदवारका लागि बिना मगरको एकल नाम सिफारिस गरेको छ ।

     

    Article inline ad #1
  • बिहीबार माओवादी केन्द्र क्षेत्र १को बैठकबाट प्रतिनिधी सभा सदस्य उम्मेदवारका लागि पुर्वमन्त्री समेत रहेकी संसद बिना मगरको एक नाम सिफारिस गरेको हो । नेकपा माअ‍ोवादी केन्द्र कञ्चनपुरका नेता दिपक तिमिल्सेनाले क्षेत्र १बाट संघीय उम्मेदवारका लागि मगरको नाम सर्वसम्मतबाट सिफारिस गरिएको बताए ।

    Article inline ad #2

     

    माओवादी केन्द्रकी पोलिट्ब्यूरो सदस्य रहेकी मगर ०७० सालमा दोस्रो संविधान सभा सदस्यमा पराजित भएकी थिईन । ०७४ मा आफ्ना निकटतमप्रतिद्वन्दी काँग्रेसका उम्मेदवार दिवान सिह विष्टलाई दोब्बर मतले पराजित गर्दै निर्वाचित भएकी थिईन । संसद निर्वाचित भएसंगै खानेपानीमन्त्री भएकी मगर यस पटक पनि निर्वाचित भएसंगै मन्त्रीकै रुपमा हेरिएको छ ।

     

    भारतसंग सीमा जोडिएको, विकासका दृष्ट्रिकोणले पछाडी परेको क्षेत्र भएकाले क्षेत्र १ को सम्बृद्धिका लागि मगरलाई अघि सारिएको माओवादी केन्द्रका स्थानीय नेताहरुले बताएका छन। यस पटक काँग्रेस सग गठबन्धन हुने भएपछि मगरलाई बलिया उम्मेदवारकै रुपमा हेरिएको छ । काँग्रेस नेताहरुले संघमा माओवादीले पाए प्रदेशका काँग्रेसले पाउने दावि गरेका छन।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button