Above Article Ad
  • पुनर्वासमा प्याब्सनको माघ ४ देखि तेस्रो नगर स्तरीय एवम् दशौ फेस्टिबल हुँदै

    Above Article Content Ad
  • पुनर्वास -कञ्चनपुरको पुनर्वास नगरपालिका भित्रका निजि तथा आवासीय बिधालयहरुको छाता संगठन प्याब्सनको तेस्रो नगर स्तरीय एवम् दशौ फेस्टिबल आयोजना हुने भएको छ ।
    मंगलबार पुनर्वास न्यू सम्राट रेष्टुरेण्टको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुसँग कुराकानी गर्दै प्याब्सन पुनर्वासले माघ ४ गतेदेखि ६ गते सम्म तेस्रो नगर स्तरीय एवम् दशौ फेस्टिबल आयोजना सञ्चालन गर्ने जनाएको हो ।
    प्रभातफेरी र झन्डा सहित मार्चपास सलामीसँगै उद्घाटन गरिने फेस्टिबल कार्यक्रम ६५ बिगाह खेल मैदानमा भब्यरूपमा आयोजना गरिने प्याब्सन पुनर्वासका सचिब पुष्पराज ओझाले बताउनुभयोे । त्यस्तै उक्त कार्यक्रममा सहभागी हुने बिधालयहरुले अनिवार्य नविकरण, वार्षिक लेवि र फेस्टिबल शुल्क माघ ३ गते सम्म बुझाईसक्नुपर्ने, अन्यथा सहभागी गराउन नसकिने प्याब्सन पुनर्वासका अध्यक्ष बालकृष्ण ढकालले जानकारी दिनुभयो ।
    पुनर्वास प्याब्सनको आयोजनामा आगामी माघ ४ गतेदेखि सुरु भई ६ गते समापन हुने “तेस्रो नगर स्तरिय एवंम् दशौ पुनर्वास प्याब्सन फेस्टिबलमा पुनर्वास का निजी तथा आवासीय २८ बिद्यालय सहभागी हुने पुनर्वास प्याब्सन संगठन अध्यक्ष ढकालले अवगत गराउनुभयो ।
    निजि क्षेत्रका आधारभुत र माध्यमिक तह गरि २८ बिद्यालय सहभागी रहने फेस्टिबल प्रतियोगितामा छात्र तथा छात्रा भलिबल , १०० र २०० मिटर रिले दौड प्रतियोगिता , छात्र तथा छात्रा हाई जम्प लङजम्प , पेनाल्टी सुटआउट , नृत्य प्रतियोगिता फेस्टिबलका आकर्षणका रुपमा रहेको पनि आयोजकले जनाएको छ ।
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by