Above Article Ad
  • कञ्चनपुरमा जिपको ठक्करबाट बिष्ट घाइते, निसर्गमा मृत्यु

    Above Article Content Ad
  • कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वन्क चौकमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ।

    पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको सु।प।प्र।०१–००१ ज १६८३ नम्बरको बोलेरो जिपले पैदल हिँडिरहेका ५० वर्षीय महेन्द्र बिष्टलाई ठक्कर दिएको थियो। बिष्ट सोही ठाउँका स्थानीय बासिन्दा थिए।घटनापछि गम्भीर घाइते भएका बिष्टलाई उपचारका लागि तत्काल निसर्ग अस्पताल, धनगढी पुर्याइएको थियो। तर, उपचारको क्रममा उक्त दिनै साँझ ७:३० बजे ९१९स्३०० उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

    Article inline ad #1
  • घटनासँग सम्बन्धित बोलेरो जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालकको परिचय बझाङ जिल्ला, छबिसपाथिभेरा गाउँपालिका–२ मोतै निवासी २१ वर्षीय रवि रोकाया खुलेको छ। हाल उनलाई नियन्त्रणमा राखी आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6