Above Article Ad
  • पुनर्वासको विजय माध्यमिक विधालयमा व्यापक गुनासो पछि छड्के अनुगमन

    चिसोबाट जोगिन बिधार्थीहरुले झ्यालमा किताबको बार लगाएको फोटो भाईरल

    Above Article Content Ad
  • पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिका–१०, भीमबस्तीमा अवस्थित विजय माध्यमिक विधालयमा अनुगमन गरिएको छ । सोमबार पुनर्वास नगरपालिकाको शिक्षा शाखाले बिधालयमा भएका भौतिक, शैक्षिक र अन्य समस्याका विषयमा व्यापक गुनासाहरु आउन थालेपछि अनुगमन गरेको हो ।

    अनुगमनका क्रममा शिक्षा शाखा प्रमुख शिवराज भट्टले बिधालय विधार्थीहरुको भविष्यसँग जोडिएकाले शिक्षकहरु एक दिनपनि बिनाकारण अनुपस्थिती नभई नियमित गर्न अनुरोध गरेका थिए । शिक्षकहरु मोवाईलमा व्यस्त, पठनपाठन नहुने र बिधार्थीहरु गाँजा चुरोट खाने जस्ता थुप्रै गुनासा नगरपालिकाको शिक्षा शाखामा पुगेको कुरा सुनाउँदै आगामी दिनमा यी समस्याको समाधान गर्न पाँच सुझाब दिएको शिक्षा शाखा प्रमुख भट्टले बताए ।

    Article inline ad #1
  • प्रधानाध्यापक अवस्थी र अन्य शिक्षकहरुसँग छलफल गर्दै बिधालयमा आउने समस्याको सबै मिलेर समाधान गर्ने यदि नसकेका खण्डमा नगरपालिका र प्रहरीको समेत सहायता लिएर भएपनि त्यस्ता समस्यालाई सुल्झाउनुपर्ने उनको भनाई थियो ।

    Article inline ad #2

    त्यस्तै बिधालयका व्यवस्थापकीय विषयमा प्रशासनको लापर्वाही धेरै देखिएको र यसलाई तत्काल सुधार गरी लैजान सबै शिक्षकहरुलाई नगरउपप्रमुख भुलिया कुमारी रानाले निर्देशन दिएकी थिईन । उक्त टिमले अनुगमन पछि बिधालय प्रशासनलाई बिधालयमा देखिएका समस्याका बारे छलफल गर्दै व्यवस्थापकीय पक्षमा सुधारका लागि जिर्ण भवन मर्मत सम्भारका लागि लागत अनुमान तयार गरी पुनर्वास–१० मार्फत नगरपालिका कार्यालयमा पेश गर्ने, विधार्थी र शिक्षक उपस्थिती दर वृद्धि गर्ने, विद्यालयमा आउने समस्याका विषयमा नियमित वि.व्य.स.को बैठक बसी समाधान गर्ने र आवश्यक्ता अनुसार सम्बन्धित निकायमा समन्वय गर्ने,बिधार्थीहरुको सिकाई वृद्धि गर्न बिधार्थी, शिक्षक र अभिकावकहरुको आचारसंहिता तयार गरी कार्यान्वयन गर्ने र बिधालयमा सुझाव र गुनासो पेटीकको प्रभावकारी कार्यान्वयन गर्ने जस्ता पाँच सुझाव माथी निर्णय गरेको थियो ।

    अनुगमनमा शिक्षा शाखा प्रमुख शिवराज भट्ट, प्रमुख प्रशासकिय अधिकृत गणेश सिँह ऐरी, नगर उपप्रमुख भुलिया कुमारी राना र वडाध्यक्ष शुकदेव राना लगायतको टिम थियो । सोहि बिधलयमा केहि दिन अघि मात्रै सामाजिक सञ्जालहरुमा झ्याल नभएका कारण चिसोबाट जोगिन बिधार्थीहरुले झ्यालमा किताबको बार लगाएको फोटो भाईरल भएपछि बिधालयका कमीकमजोरीका अन्य गुनासाहरु पनि सुनिन थालेका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by