Above Article Ad
  • भवन निर्माण सम्बन्धित सार्वजनिक सुनवाइ

    Above Article Content Ad
  • पुनर्वास १३ असार
    मोहोना लालझाडी क्षेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेड को नयाँ भवन सम्पन्न हुनै गर्दा भवन निर्माण सम्बन्धि सार्वजनिक सुनवाइ कार्यक्रम गरिएको छ ।
    जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका १० मा रहेको मोहोना लालझाडी क्षेत्र बचत तथा ऋण सहकारी संस्थाले नवनिर्मित भवनको सार्वजनिक सुनवाइ कार्यक्रम गरेको हो ।
    संस्थाका सेयर सदस्य हरूलाई स्पष्ट जानकारी होस भन्ने उदेश्य ले जानकारी गरिएको संस्था का अध्यक्ष प्रेमलता गौतमले बताईन ।
    नवनिर्मित भवनमा बैठक हल ब्राण्डा सहित अन्य पाँच कोठा रहेका छन । २०६३ चैतमा बिधिवत दर्ता भई सञ्चालनमा आएको सहकारी ले स्थापनाको दुई बर्षसम्म झोलामा कारोबार सञ्चालन गर्दै आएको र तत्कालीन अवस्था देखि भाडाको घरमा कार्यालय प्रशासनिक कार्य गर्दै आएकोमा केहिदिनमै आफ्नै भवनबाट सेवा दिने भएको छ ।
    भवनको ९० प्रतिशत भौतिक कार्य सम्पन्न भईसकेको र रंगरोगन गर्न मात्र बाँकी रहेको संस्थाका व्यवस्थापक रमेश रानाले बताए ।
    भवन निर्माण सार्वजनिक सुनवाइ कार्यक्रममा पुनर्वास नगर उप प्रमुख भुलिया कुमारी रानाले आफ्नो क्षेत्र को सहकारी ले निजि भवन निर्माण गर्न सफल भएकोमा आफु निकै हर्षित भएको बताईन ।

    संस्था कि अध्यक्ष प्रेमलता गौतम को सभापतित्वमा भएको कार्यक्रम का प्रमुख अतिथि नगर उप प्रमुख भुलिया कुमारी राना रहेकि थिईन भने अन्य अतिथि मा वडा नम्बर १० का अध्यक्ष सुखदेव राना र ११ का अध्यक्ष तुलसि अर्याल रहेका थिए ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by