Above Article Ad
  • बाढीको वितण्डा पछि पुनर्वास नगरपालिकाले ग¥यो “¥याफ्टिङ रबर बोट“ किन्ने निर्णय

    Above Article Content Ad
  • पुनर्वास– कंचनपुरको पुनर्वास नगरपालिका कार्यालयले “¥याफ्टिङ रबर बोट“ खरिद गर्ने निर्णय गरेको छ ।

    शनिबार आएको बाढिले पुनर्वास नगरपालिकाको सिमरी गाउँ र रातोताल गाउँ डुबान भएर १३ जना पानीको बीच भागमा फसेपछि उनीहरुको उद्दारमा देखिएको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले तत्कालै “¥याफ्टिङ रबर बोट“ खरिद गर्ने निर्णय गरेको हो ।

    Article inline ad #1
  • आईतबार पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माको संयोजकत्वमा बसेको विपद व्यवस्थापन समितिको बैठकले छोटो प्रक्रियाबाट रबर बोट खरिद गर्ने निर्णय सहित अन्य ६ ओटा निर्णय पारित गरेको छ ।

    Article inline ad #2


    बैठकबाट विपदबाट भएको क्षतिको विवरण र विस्थापित परिवारको तथ्यांक लिने, बाढिपिडितलाई राहत वितरण गर्दा नगरपालिकाको एकद्धार प्रणाली मार्फत गर्ने, बाढी ग्रस्त क्षेत्रमा खानेपानीको स्वच्छतालाई कायम राख्न आवश्यक निर्मलीकरण औषधी वितरण गरी स्वास्थ्य शिविर सञ्चालन गर्ने,तथ्यांक संकलन समितिबाट संकलन गरिएको तथ्यांकलाई एकिकृत गरी आवश्यक राहतका लागि संघिय सरकार, प्रदेश सरकार र सरोकारवाला संस्थाहरुसँग अनुरोध गर्ने र बाढी ग्रस्त बस्तीमा स्वास्थ्य सुरक्षाका उपाायहरु, औषधी सहित शिविर सञ्चालन गरी सचेतनाका लागि सम्पूण निजि अस्पताललाई अनुरोध गर्ने निर्णय गर्ने लगायतका मुख्य निर्णयहरु गरिएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by