Above Article Ad
  • फियानद्वारा खाद्य अधिकार प्रवद्र्धकलाई वकालत पैरवी तथा सहजिकरण सिपबारे तालिम

    Above Article Content Ad
  •  खाद्य अधिकारको प्रवद्र्धन तथा संरक्षणमा क्रियाशिल रहदैँ आएको संस्था फियान नेपालले विभिन्न समुह आवद्ध प्रवद्र्धकहरुलाई तालिम दिएको छ । सुदूरपश्चिम लगायत देशका विभिन्न १२ जिल्लाका २७ जना खाद्य अधिकार प्रवद्र्धकहरुलाई दुई दिने तालिम दिईएको हो ।

    फियान नेपालका सुदुरपश्चिम प्रदेस संयोजक मुकुन्द रानाले महेन्द्रनगरमा मंगलबार र बुधबार तालिम दिईएको बताए । सामुदायिक खाद्य अधिकार प्रवद्र्धकका लागि सामाजिक परिचालन, वकालत पैरवी तथा सहजिकरण सिप सम्बन्धि दुई दिने पुर्नताजकिय तालिम प्रदान गरिएको हो ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • फियान देशभर ३० वटा समुहलाई खाद्य अधिकारका सवाल वकालत तथा पैरवीमा प्राविधिक सहयोग गदैँ आएको छ ।
    तालिममा खाद्य अधिकारका सवालको वकालत, पैरवी, समुहगत कामहरुबारे जानकारी दिईएको छ । तालिमले खाद्य अधिकारका सवालको उठान स्थानीय स्तर गराउन सहयोग पुग्ने फियान नेपालका सुदूरपश्चिम संयोजक रानाको भनाई छ । फियान नेपाल जिल्ला, पालिका र सामुदायस्तरमा खाद्य अधिकार सञ्जालहरु गठन गरि काम गदैँ आएको छ ।

    Article inline ad #2
  • त्यस्तै फियान नेपालका वित्त शाखा प्रमुख विनोद पाण्डेले सामुदायक मुद्धाहरु स्थानीय स्तरबाटै उठान गराउन प्रवद्र्धकलाई तालिम दिईएको बताए । उनले खाद्य अधिकारका सवालहरुको दिर्घकालिन समाधानका लागि स्थानीय स्तरबाटै खबरदारी हुन आवश्यक रहेको बताए ।

    खाद्य अधिकार कञ्चनपुरका संयोजक कोमल निरञ्जन भाटको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको थियो । संयोजक भाटले फियान नेपालको पहलमा खाद्य अधिकार समुह गठनमार्फत मुद्धा वकालतसँगै समाधानमा हुदैँ आएको सहयोग महत्वपुर्ण रहेको बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button