Above Article Ad
  • कञ्चनपुरको सिमा क्षेत्रमा खैरो हिरोइनसहित दुई युवा पक्राउ

    Above Article Content Ad
  • पुनर्वास -कञ्चनपुरको पुनर्वास बाट सशस्त्र प्रहरीले खैरो हिरोइन सहित दुई जनालाई पक्राउ गरेको छ ।

    पुनर्वास–४ स्थित नेपाल–भारत सीमा क्षेत्र जमुनाघारी नजिकै बिओपी आँपतालबाट खटिएको शसस्त्र प्रहरीको टोलीले दुई जनालाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी हवल्दार लक्ष्मण दत्त जोशीको कमाण्डमा खटिएको दुई जनाको चेकप्वाइन्ट टोलीले भारतको मिलन बजारबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र. ०१–०१२ प १७२७ नम्बरको मोटरसाइकल लाई शंका लागी जाँच गर्ने क्रममा लागु औषध (खैरो हिरोइन) बरामद गरीएको बिओपी आँपतालले जनाएको छ ।
    मोटरसाइकल चालक कैलालीको धनगढी–३ बडहरा बस्ने २७ वर्षीय अम्मर चौधरी र मोटरसाइकलमा सवार धनगढी–३ ऐठपुर बस्ने २५ वर्षीय भिमजङ्ग कठरिया लाई शसस्त्र प्रहरीले पक्राउ गरेको हो । उनीहरूका साथबाट कालो प्लास्टिक झोला भित्र प्याजको झिल्लीमा लुकाएको अवस्थामा ३ पोका १.२३० ग्राम खैरो हिरोइन जस्तो देखिने बस्तु फेलापारी पक्राउ गरीएको बिओपी आँपतालले जनाएको छ ।

    Article inline ad #1
  •  

    Article inline ad #2

    उनिहरुके साथ बाट मोटरसाइकल सहित रेडमी १३ मोबाइल १ थान, ओप्पो मोबाइल १ थान, चाँदीको सिक्री (अन्दाजि १.५ तोला) १ थान, र नगद ५ सय नेपाली रुपैया बरामद गरेको शसस्त्र प्रहरीले जनाएको छ । उनीहरूलाई प्रारम्भिक अनुसन्धान पश्चात आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको जिम्मा लगाइएको शसस्त्र प्रहरी बल बिओपी आँपतालका ईन्चार्ज सशस्त्र प्रहरी निरीक्षक टिकाराम रावलले जानकारी दिनुभयो । दैनिक जसो सीमा क्षेत्र हुँदै लागु औषध ओसारपसारमा संलग्नको संख्या बढ्दै गइरहेकाले चेकजाँचलाई थप कडाइ गरिएको उहाँले बताउनुभयो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by