Above Article Ad
  • पुनर्वासको ग-गाउँमा कार्तिक २१ गते देखि दुई दिने चतुर्दर्शी मेला लाग्दै

    Above Article Content Ad
  • पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका-५, ग-गाउँ स्थित पैसट्ठी बिघा क्षेत्रमा दुई दिने चतुर्दर्शी रमाईलो मेला लाग्ने भएको छ ।

    कार्तिक २१ र २२ गते भगवती मन्दीर व्यवस्थापन समिति र भानु युवा क्लबको संयुक्त आयोजनामा पैसट्ठी बिघा क्षेत्रमा रात्रीकालिन रमाईलो मेला लाग्ने भएको हो ।

    Article inline ad #1
  • वर्षौ देखि आफ्नो रितिरिवाज र परम्परालाई जोगाउदै देवि भगवतीको पुजन पश्चात चतुर्दर्शी रमाईलो मेला आयोजना हुँदै आएको आयोजक समितिका अध्यक्ष पदम थापाले जानकारी दिए ।

    Article inline ad #2
  • रमाईलो मेलामा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त हास्य व्यङ्ग्य कलाकार तथा जादुगर शेरबहादुर गुरुङ, चर्चित हास्य कलाकार भीम बिष्ट”अछामी रेखा”, टिकटक स्टार तथा हास्य कलाकार हेमराज अधिकारी “खन्टे खलास”, मोडल सुस्मिता कुवर, मोडल गङ्गा थापा,मोडल मनिषा सिंह ठकुरी, गायक अंकित सिंह ठकुरी,कोरियोग्राफर सन्तोष अवस्थी,कोरियोग्राफर जयराज पुजारा लगायत थुप्रै स्थानीय देउडा कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button