Above Article Ad
  • पुनर्वासमा सञ्चालित दुई दिने मेला आज सम्पन्न हुँदै , को को आउदैछन त कलाकार ?

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-५, ग-गाउँ स्थित टिसिएन चोकमा सञ्चालित दुई दिने रात्रीकालिन रमाईलो मेला आज सम्पन्न हुने भएको छ ।

    हिजो सोमबार पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माले उद्घाटन गर्दै सुरु भएको कार्यक्रम आज सम्पन्न हुने भएको हो ।

    Article inline ad #1
  • आज रमाईलो मेलामा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त हास्य व्यङ्ग्य कलाकार तथा जादुगर शेरबहादुर गुरुङ, चर्चित हास्य कलाकार भीम बिष्ट”अछामी रेखा”, टिकटक स्टार तथा हास्य कलाकार हेमराज अधिकारी “खन्टे खलास”, मोडल गङ्गा थापा,मोडल मनिषा सिंह ठकुरी, गायक अंकित सिंह ठकुरी, गायक सुरेश पुजारा, कोरियोग्राफर सन्तोष अवस्थी,कोरियोग्राफर जयराज पुजारा लगायत थुप्रै स्थानीय देउडा कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

    Article inline ad #2

    त्यसैगरी आजै दिउसो देखि चर्चित देउडा कलाकारहरुद्वारा देउडा खेल हुने भएकाले सम्पुर्णमा सहभागीका लागि मेला आयोजक समितिका अध्यक्ष पदम थापाले अनुरोध गरेका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    2
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button