Above Article Ad
  • नेपालको आर्थिक विकासबारे पुस्तक ‘KEYS OF HOW TO DEVELOP NEPAL’ सार्वजनिक

    Above Article Content Ad
  • काठमाडौं– नेपालको आर्थिक समृद्धि र दिगो विकासका लागि आवश्यक रणनीति तथा उपायहरू प्रस्तुत गर्ने पुस्तक ‘KEYS OF HOW TO DEVELOP NEPAL’ सार्वजनिक भएको छ। यो पुस्तक अर्थविद् शेरजंग बहादुर चन्द द्वारा लिखिएको हो भने इन्दिगो इन्क द्वारा प्रकाशित गरिएको छ। नेपाललाई समृद्ध बनाउने दीर्घकालीन योजना, नीति तथा कार्यान्वयनका उपायहरू पुस्तकमा विस्तृत रूपमा समेटिएका छन्।

    पुस्तकमा औद्योगिक विकास, व्यापार प्रवर्द्धन, पर्यटन विस्तार, वैदेशिक लगानी आकर्षण, भौतिक पूर्वाधार सुधार, सञ्चार तथा प्रविधिको प्रवर्द्धन, सहरी तथा ग्रामीण विकास, शिक्षा तथा स्वास्थ्य सुधार, अन्तर्राष्ट्रिय व्यापार विस्तार जस्ता विषय समेटिएका छन्। औद्योगिक क्षेत्रको प्रवर्द्धनका लागि पुस्तकले साना तथा ठूला उद्योगहरूको विकासमा जोड दिएको छ। सरकारी-निजी साझेदारी (PPP) मार्फत स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्दै निर्यात वृद्धिका उपायहरू पुस्तकमा प्रस्तुत छन्।

    Article inline ad #1
  • पर्यटन विकासका लागि नेपाललाई प्रमुख अन्तर्राष्ट्रिय गन्तव्य बनाउने रणनीति, पूर्वाधार निर्माण, स्थानीय समुदायको सहभागिता तथा सरकार र निजी क्षेत्रबीचको सहकार्यबारे पुस्तकमा चर्चा गरिएको छ। त्यस्तै, वैदेशिक लगानी भित्र्याउन नेपालमा लगानीमैत्री नीति तथा कानुनी सुधार आवश्यक रहेको उल्लेख छ। प्रत्यक्ष विदेशी लगानी (FDI) आकर्षण तथा सम्भावित क्षेत्रमा लगानी अवसरबारे पुस्तकमा विस्तृत रूपमा वर्णन गरिएको छ।

    Article inline ad #2

    भौतिक पूर्वाधार विकासमा पुस्तकले सडक, रेल, विमानस्थल तथा ऊर्जा क्षेत्रमा लगानीको आवश्यकता औंल्याएको छ। पूर्वाधार विकासका लागि सार्वजनिक-निजी साझेदारी आवश्यक रहेको र दीर्घकालीन तथा दिगो योजना निर्माण गर्नुपर्ने कुरामा पुस्तक केन्द्रित छ। डिजिटल नेपाल अभियानलाई प्रभावकारी बनाउन इन्टरनेट तथा दूरसञ्चार पूर्वाधार विस्तार, प्रविधिमा नवाचार, स्टार्टअप प्रवर्द्धनका विषय पुस्तकमा समेटिएका छन्।

    सहरी तथा ग्रामीण विकासका लागि सहरीकरणको सन्तुलित व्यवस्थापन, गाउँ तथा शहरबीचको आर्थिक अन्तर घटाउने उपाय तथा प्रभावकारी यातायात तथा आवास नीतिबारे पुस्तकमा उल्लेख छ। शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन गुणस्तरीय तथा व्यावसायिक शिक्षा प्रणालीको विकास, स्वास्थ्य सेवामा प्रविधिको प्रयोग, आधुनिक स्वास्थ्य पूर्वाधार निर्माण जस्ता विषय पुस्तकमा प्राथमिकताका साथ समेटिएका छन्।

    नेपालको अन्तर्राष्ट्रिय व्यापार विस्तारका लागि व्यापार घाटा कम गर्ने रणनीति, निर्यातयोग्य वस्तु तथा सेवा प्रवर्द्धन, अन्तर्राष्ट्रिय व्यापार सन्धिहरूको लाभ उठाउने उपायहरू पुस्तकमा समावेश छन्। अन्य राष्ट्रहरूबाट सिक्न सकिने पाठहरूमध्ये दक्षिण कोरिया, सिंगापुर, चीन जस्ता मुलुकहरूको सफल आर्थिक मोडेल अध्ययन गर्दै नेपालले अपनाउन सक्ने रणनीतिहरू पुस्तकमा उल्लेख गरिएको छ।

    नीति निर्माताहरू, सरकारी अधिकारीहरू, निजी क्षेत्रका लगानीकर्ता, अनुसन्धानकर्ता, विद्यार्थी तथा नेपाललाई आर्थिक उन्नतिको मार्गमा लैजान चाहने सबैका लागि यो पुस्तक उपयोगी हुने विश्वास गरिएको छ। पुस्तक इन्दिगो इन्क द्वारा प्रकाशित भइसकेको छ र देशभरका प्रमुख पुस्तक पसलहरू तथा अनलाइन माध्यमबाट उपलब्ध छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6