Above Article Ad
  • काँग्रेस–माओवादीका नेता, कार्यकर्ताको प्रतिबद्धता निर्वाचनमा एक ढिक्का भएर जानुपर्छ

    Above Article Content Ad
  • पुनर्वास – आगामि मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि पूर्वतयारीका गर्न कञ्चनपुर क्षेत्र नम्बर १ को लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त बैठक बिहीबार सम्पन्न भएको छ । गठबन्धनका सबै उमेद्वारलाई अत्यधिक बहुमतका साथ विजय गराउन मिलेर लाग्नु पर्ने सहभागी नेता कार्यकर्ताले बताएका छन ।

    गठबन्धले निर्वाचन प्रचारप्रसार समिति समेत गठन गरेको छ । प्रचारका लागि पार्टीका सबै भातृ संगठनलाई समेत परिचालन गर्ने निर्णय गरिएको छ । कार्यक्रममा बोल्दै पुर्व खानेपानी मन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य बीना मगरले संविधान रक्षाका लागि गठबन्धनको विजय हुन अनिवार्य रहेको बताउनु भयो ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • त्यसैगरी संविधानसभा सदस्य एवम् नेपाली काँग्रेसका नेता दिवान सिँह बिष्टले एकजुट भएर जानुको बिकल्प नरहेको बताउनु भयो । पार्टीबाट टिकट नपाएर बागी उमेद्वार बनेकाहरुले पार्टीको सिद्धान्त बिपरीत काम गरेकाले तिनको मूल्याङ्कन पार्टीले गर्ने बताउनु भयो । गठबन्धनलाई घात हुने किसिमका कुनै पनि गतिबिधि नगर्न सम्पूर्णमा आग्रह समेत गर्नु भयो ।

    Article inline ad #2
  • कार्यक्रममा नेपाली काँग्रेस तथा नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले एक ढिक्का भएर क्षेत्रका तीनै उम्मेदवार जिताउने प्रतिबद्धता जाहेर गरेका छन । संयुक्त रुपमा चुनावमा खटिने एकढिक्का भएर चुनावमा होमिने सकल्प समेत गरेका छन ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button