Above Article Ad
  • आजको मौसम बारे यसो भन्छ मौसम पुर्वानुमान शाखा

    Above Article Content Ad
  • हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। हाल नेपालमा उत्तरपूर्वी राजस्थानको आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

    जसको प्रभावले आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    Article inline ad #1
  • कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको साथै यी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    Article inline ad #2
  • महाशाखाका अनुसार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली, लुम्बिनी र मधेस प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    भोलि मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    यस्तै, असोज २६ गते बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । महाशाखाका अनुसार प्रदेश १, मधेस र बागमती प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button