Above Article Ad
  • संविधानको रक्षा गर्न माओवादीलाई जनताले भोट हाल्नुपर्छ : पुर्वमन्त्री मगर

    Above Article Content Ad
  • पुनर्वास – माओवादी केन्द्रकी नेतृ तथा पूर्व खानेपानी मन्त्री बिना मगरले वर्तमान संविधानको रक्षा गर्न माओवादीलाई जनताले भोट हाल्नुपर्ने बताउनुभएको छ । पुनर्वास ४ का निवर्तमान वडाध्यक्ष तथा नेकपा ( माओवादी केन्द्र ) पुनर्वास नगर कमिटीका वरिष्ठ उपाध्यक्ष प्रेम बस्नेतको तेह्रौं दिनको पुण्य तिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै पूर्व मन्त्री मगरले सो कुरा बताउनुभएको हो । माओवादीको कारणले गर्दा नै करोडौं निमुखा जनताले आफ्नो अधिकारको लागि बोल्न सक्ने भएको र गणतन्त्र, समावेशीता, धर्मनिरपेक्षता माओवादीकै कारण आएको चर्चा गर्नुभयो । वर्तमान अवस्थामा माओवादीकै एजेन्डामा देश चलिरहेको भएपनी माओवादीको नेतृत्व देशमा नभएकोले देशले प्रगति गर्न नसकीरहेको बताउनुहुँदै यसको लागि आउँदो मङ्सिर ४ मा जनताले माओवादीलाई रोज्ने कुरामा आफू विश्वस्त रहेको पूर्व मन्त्री मगरको भनाई थियोे ।
    प्रेम बस्नेत जस्तो कर्मठ र विकासप्रेमी नेता गुमाउनुपर्दा देश र पार्टीलाई अपुरणीय क्षति पुगेको पूर्व मन्त्री मगरले जिकिर गर्नुभयो ।
    कार्यक्रमको आयोजना नेकपा ( माओवादी केन्द्र ) पुनर्वास नगर कमिटीले गरेको थियोे । कार्यक्रमको अध्यक्षता नेकपा ( माओवादी केन्द्र ) पुनर्वास नगर कमिटीका अध्यक्ष धोखे रानाले गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button