
पुनर्वासमा पनि मनाईयो राष्ट्रिय मानव बेचबिखन बिरुद्धको दिवस
पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिकामा मानव बेचबिखन बिरुद्धको १६ औं राष्ट्रिय दिवस मनाएको छ ।
सोमबार नगरपालिकाकै सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले मानव बेचबिखन बिरुद्धको दिवस मनाएको हो ।
पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयाप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत गणेश सिँह ऐरीको आतिथ्यता रहेको थियो । भने नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी, मानव अधिकारर्मी, महिला स्वयंसेविका र स्थानियहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख शर्माले मानबबेचबिखनको मुख्य कारण अशिक्षा, गरिबी र जनचेतना रहेको बताए । उनले सरकारी पक्षबाट विभिन्न उपायका साथ रोकथाममा लागिरहेके र स्थानियहरले पनि यसतर्फ सचेत हुन जरुरी देखिएको तर्क दिए ।
त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश सिँह ऐरीले मानबलाई मानबले नै बेच्नु ठुलो अपराध मानिएपनि तर आफ्नैबाट विभिन्न प्रलोभनमा परि बेचिएका घटना थुप्रै रहेको बताए ।
उनले सबै पक्षबाट समुदायमा जनचेतना फैलाउन सके मात्रै यस्ता गतिबिधिलाई निर्मुल र नियन्त्रण गर्न सकिने भनाई उल्लेख गरे ।
महिला नेत्री मीरा चन्दले अपरिचत व्यक्ति भन्दा आफ्नै व्यक्तिहरुबाट मानव बेचबिखनका घटनाहरु बढिरहेको बताईन । यसको रोकथाम र जनचेतनाका लागि अहिलेका जनप्रतिनिधिहरुको अहम भुमिका रहने उनको भनाई छ ।
नेपाली काँग्रेसका पूर्व नगर सभापति यमप्रसाद पौडेलले काला जाती र गोरा जातीको उदाहरण दिँदै नारा र भाषणले मात्रै मानव बेचबिखन रोकिदैन यसका लागि नेपालका ठुलाबडाबाटै सुरुवात गर्न जरुरी रहेको बताए ।
यसैगरि समाजसेवी विष्णुभक्त पौडेलले घरघरमा सरकारले जनचेतना पु¥याउन नसक्दा मानबबेचबिखनका घटनाले समाजमै व्याप्त रुप लिएको बताए । उनले विभिन्न शिर्षकका विषयगत अध्ययन गरिन्छ तर मानबबेचबिखन बिरुद्ध सम्बन्धी अध्ययनको विषय कहि कतै नभेटिएको गुनासो गरे ।
ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक नरेशराज मल्लले मानबबेचबिखन बिरुद्धको अभियान नियन्त्रणमा बिश्वको पुरै सरकार असफल देखिएको बताए । मानबबेचबिखनमा महिला मात्रै हैन यसमा पुरुष पनि बेचिन पुगेका हुन्छन् । प्रहरी निरिक्षक मल्लले भने, देश भन्दा बाहिर बेच्नुलाई मात्रै मान्दैन यौनदासी, वेश्यावृत्ति, शरिरका अंग झिकिनु लगायतका थुप्रै गतिविधि पनि बेचबिखन अन्तर्गत मानिन्छन् ।
घरेलु हिंसाका कारण पनि यस्ता घटना बढ्दो छन् । यसमा प्रहरी, स्थानिय सरकारको भुमिका मात्रै भन्दा नागरिकको सबैभन्दा बढि भुमिका रहने उनले बताए ।
“तीनै तहको सरकार, मानव बेचबिखन बिरुद्धको सरोकार” भन्ने मुल नारा सहित सुरु भएको कार्यक्रममा नगरपालिकाकाको महिला तथा बालबालिका शाखाकी प्रमुख रिता मल्लको स्वागत मन्तव्य प्रस्तुत गरेकी थिईन । भने कार्यक्रमलाई सञ्चालन प्राविधिक ओमनाथ ढकालले गरेका थिए ।