Above Article Ad
  • क्लिएर भिजन नेपालद्वारा धनगढीमा रक्तदान

    Above Article Content Ad
  • धनगढी- आईतबार सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

    क्लिएर भिजन नेपालको आयोजना तथा खप्तड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट धनगढीको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

    Article inline ad #1
  • रक्तदान कार्यक्रममा क्लिएर भिजन नेपालका संस्थापक अध्यक्ष छबि राज जोशी , संस्थाका अध्यक्ष योगेन्द्र राज जोशी ,संस्थाका सचीव तिर्थ राज जोशी, सहसचीव प्रकाश जोशी, सदस्य नवराज जोशी , घनश्याम जोशी , राहुल बोहरा तथा खप्तड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट धनगढी कैलालीका प्रीन्सिपल एवम् क्लिएर भिजन नेपाल सस्थांका उपाध्यक्ष बिष्णु बयाल , कलेजका शिक्षक , बिद्यार्थी र सामाजिक कार्यमा सहयोगी दाताहरुको सहभागी थिए ।

    Article inline ad #2

    Open photo

     

    रक्तदान कार्यक्रमबाट ३० पिन्ट रगत जम्मा भएको र सो रगत नेपाल रेडक्रस सोसाइटी शाखा कैलालीलाई हस्तान्तरण गरेको संस्थापक अध्यक्ष छविराज जोशीले जानकारी दिए । संस्थापक अध्यक्ष जोशीले प्रत्येक व्यक्तिले समय-समयमा रक्तदान गर्नु स्वास्थ्यका सन्दर्भमा निकै लाभदायी हुने बताए ।

    अध्यक्ष जोशीले कार्यक्रममा उपस्थित भइ रगत दान गर्नु हुने सम्पूर्ण दाताहरुलाई आफ्नो र संस्थाको तर्फबाट धन्यवाद व्यक्त गरेका थिए । क्लिएर भिजन नेपाल संस्था बिगत देखि नै सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउदै आएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button