Above Article Ad
  • बिज्ञान विषय अध्ययन अब पुनर्वासको एस.पि.एल. एकेडेमीमा

    Above Article Content Ad
  • पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिका–३ स्थित एसपिएल एकेडेमीले कक्षा ११ मा विज्ञान संकायको पढाई सुरु गरेको छ ।
    पुनर्वास–बेलौरीका बिधार्थीहरुको सुविधालाई मध्यनजर गर्दै एसपिएल एकेडेमीले अघिल्लो वर्ष देखि बिज्ञान संकायको पढाई सुरु गरेको हो ।
    बिधार्थीहरुका लागि आधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, आफ्नै भौतिक संरचना, दक्ष तथा अनुभवी शिक्षकहरु, यातायातको सुविधा, छात्रवत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप, बाल मैत्री तथा शान्त, एकान्त वातावरण, कक्षा कोठामा सिसिटिभि क्यामेरा जडान लगायतको सुविधा गरिएको बिद्यालयका संस्थापक धनराज भट्टले जानकारी दिए ।
    संस्थापक भट्टले विज्ञान संकाय सञ्चालन गर्न पुनर्वासका हकमा निकै चुनौतीको विषय भएपनि आफुले मुनाफाको उद्धेश्य नराखी निस्वार्थी विधार्थीको सेवाका लागि सुरु गरेको बताए ।
    “अहिलेको अवस्थामा आफ्ना नानीबाबुलाई आफ्नै प्रत्यक्ष निगरनीमा राखी अध्ययन गराउन आवश्यक छ ।” संस्थापक भट्टले भने, “गरिब तथा जेहेन्दार बिधार्थीलाई मासिक शुल्कमा सहुलियतसँगै भाडामा राख्नुपर्ने झन्झट पनि अभिभावकलाई हुँदैन ।”
    विगतका वर्षहरुमा एसईइ सम्मका कक्षामा उत्कृष्ट नतिजा ल्याई पुनर्वासमै नमुना निजि बिधालयको रुपमा सो बिधालय स्थापित छ । विज्ञान विषय अध्ययनको यो दोस्रो वर्ष हो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    1
    +1
    0
    +1
    3
    +1
    1
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button