Above Article Ad
  • पानी निकासको पर्खाईमा आई.बी.आर.डी. बजारबासी

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-३ स्थित आई.बी.आर.डी. बजार सामान्य वर्षा हुँदा पनि जलमग्न हुने गरेको छ ।

    बजारको मेन सडकका दायाँबायाँका घरहरुको उचाईका कारण सडक गहिरो हुँदा क्षणभरको वर्षामा पनि बजारका अधिकांश ठाउँमा जलमग्न देखिन्छ ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • त्यस्तै आज (सोमबार) पनि साझ ५ बजेतिर १० मिनेट मात्रै पानी पर्‍यो । पुनर्वास नगरपालिकाको आई.बी.आर.डी. बजारका धेरै ठाउँहरुमा पानीको निकास नहुदा बजार जलमग्न देखियो ।

    Article inline ad #2
  • केहि दिन अघि मात्रै पुनर्वास नगरपालिकाले बजारको मेन सडकमा भएका खाल्डा खुल्डी पुर्ने काम गरेको थियो । तर पानीको निकास नहुदा केहि स्थानमा अझै जलमग्न देखिएको छ ।

    पसल अगाडी जलमग्न हुन थालेपछि नगरपालिकाले केहि समयका लागि भएपनि पानी निकासको उपाय गरिदिन वरपरका व्यापारीहरुको माग छ ।

    ईलेक्ट्रोनिक्स पसल सञ्चालक ऋषिराम अधिकारीले सामान्य पानीले पनि ५/६ दिन सम्म जलमग्न रहिरहदा पसलमा सामान किन्न आउने ग्राहकलाई समेत समस्या भईरहेको र ग्राहक अन्त पसलमा जाने गरेको गुनासो गरे ।
    उनले श्रद्धेय नगर प्रमुखलाई पानीको निकासको उपाय गरिदिन अनुरोध गरेका छन् ।

    सामान्य वर्षाले पनि जलमग्न हुन थालेपछि पानी निकासको पर्खाईमा आई.बी.आर.डी. बजारबासी छन् ।
    तर उक्त सडकमा ढल सहितको कालोपत्रेका लागि संघिय सरकारबाट बहुबर्षे योजनामा ठेक्का स्विकृत भएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button