
कञ्चनपुरकी पन्त सीआईबीको फन्दामा
Above Article Content Ad
काठमाडौं -प्रभु बैंककी मुख्य बिजनेस अफिसर (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुदूरपश्चिमको कञ्चनपुर घर भएकी पन्तलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा बुधबार पक्राउ गरेको हो।
सीआईबीले पन्तलाई बुधबार नै म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो। अदालतले उनलाई यसअघि पक्राउ परेका शशिधर शर्मा पौडेलको म्यादसँग मिलान हुने गरी दुई दिनको म्याद थप गरेको छ।
Article inline ad #1
कर्जा प्रवाहमा अनियमितता भएको विषयमा पन्तमाथि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ। रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई प्रवाह गरिएको कर्जामा अनियमितता भएको आरोपमा उनी पक्राउ परेकी हुन्।
Article inline ad #2
यसअघि यही प्रकरणमा पक्राउ परेका शशिधर शर्मा पौडेल उक्त कम्पनीका अध्यक्ष रहेको प्रहरीले जनाएको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















