
युवासंघ अछामका पूर्व अध्यक्ष एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ
धनगढी: अछामका एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा युवासंघ अछामका पूर्व अध्यक्ष पक्राउ परेका छन्। काठमाडौंको मध्य बानेश्वरमा २०७८ फागुन २६ मा युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले युवासंघ अछामका पूर्व अध्यक्ष कपिल भण्डारीलाई पक्राउ गरेको हो।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका बोगटीको शरीरमा ४४ ओटा टाँका लगाइएको थियो। बोगटी नेकपा एमाले निकट युवा संघमा आवद्ध रहेका बताइएको छ। खुकुरी प्रहारमा भण्डारीको संलग्नता खुलेसँगै वैशाख १९ गते राष्ट्रिय युवा संघका संयोजक किरण पौडेलले उनलाई संगठनको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको पार्टी कमिटीलाई जानकारी गराएका थिए।
...