Above Article Ad
  • सुदूरपश्चिममा पन्ध्र करोड ४६ लाखका पाठ्यपुस्तक बिक्री

    Above Article Content Ad
  • धनगढीः जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले १५ करोड ४६ लाख ७४ हजार ११७ बराबरका पाठ्यपुस्तक बिक्री गरेको छ।

    केन्द्रले नयाँ शैक्षिकसत्र २०८२ का लागि सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा स्थानीय पुस्तक विक्रेतामार्फत उक्त मूल्यका पाठ्यपुस्तक बिक्री गरेको हो। गत चैत १७ गतेबाट पाठ्यपुस्तक बिक्री सुरु गरिएको र चैत मसान्तसम्म ११ लाख ३६ हजार ४१७ थान पाठ्यपुस्तक बिक्री भएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामविनय श्रेष्ठले जानकारी दिए।

    Article inline ad #1
  • उनले भने, “हामीले सुरुमा पहाडी जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण गरेका थियौँ। कैलाली र कञ्चनपुरका बाँकी रहेका ठाउँमा पाठ्यपुस्तक गइरहेको छ। भर्ना अभियानसँगै सबै जिल्लाका विद्यार्थीले पाठ्यपुस्तक पाउनुहुन्छ।” केन्द्रले गत शैक्षिकसत्र २०८१ मा २२ करोड ५७ लाख बराबरका पाठ्यपुस्तक बिक्री गरेको जनाएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6