Above Article Ad
  • कञ्चनपुरमा वडा अध्यक्ष भट्टका छोरा मृत फेला

    Above Article Content Ad
  • कञ्चनपुर-कञ्चनपुरमा वडा अध्यक्ष भट्टका छोरा मृत फेला परेका छन्।

    जिल्लाको भीमदत्त नगरपालिका–६ मा बेदकोट नगरपालिकाका–५का वडाद अध्यक्ष तथा नगर प्रवक्ता चित्रदेव भट्टका २१ वर्षीय छोरा सुवास चन्द्र भट्ट मृत फेला परेका छन्। मंगलबार साँझ आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका सुवासको घटनाबारे प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी निरीक्षक सागर बोहराले बताए।

    Article inline ad #1
  • बोहराका अनुसार अनुसार सुवास भट्ट भीमदत्त नगरपालिका–६ स्थित आफ्नी बजै (हजुरआमा) सँग बस्दै आएका थिए। सुवासको शव भेटिएपछि प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक अनुसन्धान अगाडि बढाएको छ। मृत्युको कारण खुल्न नसकेकाले घटनाको थप तथ्य पत्ता लगाउन अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    Article inline ad #2

    सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत सुवासको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6