पुनर्वासमा सम्पन्न मतदानमा ६० प्रतिशत मत मात्रै खस्यो
कंचनपुरको पुनर्वास नगरपलिकामा ६० प्रतिशत मात्रै मत खसेको छ ।
शुक्रवार सम्पन्न भएको स्थानीय तह निर्वाचनमा ३४ हजार ७६ मतदाता रहेको पुनर्वास नगरपालिकामा साझ ५ बजे सम्म भएको मतदानमा २० हजार ७ सय ५९ जनाले मत खसालेका निर्वाचन अधिकृत किरण जोशीले जानकारी दिनुभयो।
उहाँका अनुसार पुनर्वासका ११ वडामा १७ बुथ केन्द्र र ४० मतदान केन्द्र रहेकोमा एक बुथ केन्द्रमा फर्जी मतका कारण मतदान कार्य स्थगित हुन पुगेको बताउनुभयो ।
पुनर्वास नगरपालिका- १ मा ४२ सय १७ मतदातामा २९ सय १८, वार्ड-२ मा ३९२३ जसमा २७ सय ४८ , वार्ड-३ मा १२ सय ६३ मतदाता रहेकोमा ९ सय ३१ मत खसेको छ ।
त्यसैगरी वार्ड-४ मा २४ सय ६७ मत मध्ये १५ सय ७६ मत, वार्ड नम्बर ५ मा ४१ सय ४५ मतदाता संख्यामा २७ सय ४३ ,वार्ड ६ मा ३१ सय ७५ मतदातामा १९ सय ९३ मत, वार्ड ७ मा २२ सय ५९ मा १४ सयं ५२, वार्ड ८ मा २७ सय ९६ मा <span;>२ हजार १० मत,वार्ड ९ मा ४१ सय ५८ मत मध्ये <span;>२७ सय ४५ मत, वार्ड ११ मा ३१ सय ३८ जस मध्ये २२ सय ४३ मत र पुनर्वास-१० मा २७ सय ९६ मत मध्ये ८ सय १ मत खसेपनि विवाद हुदा मतदान कार्य रोकिएको र अर्को निर्णय पछि पुनः सञ्चालन गर्ने गरि टुंगाएको छ।
मतदान पछि साझ नै मतपेटिकाहरु गणनाको लागि कडा सुरक्षामा निर्वाचन आयोगको कार्यालयमा पुर्याएको थियो ।