Above Article Ad
  • कञ्चनपुरको कालिका कृषि सहकारीद्वारा “शुद्ध तोरीको तेल” उत्पादन सुरु

    Above Article Content Ad
  • पुनर्वास – कालिका  बहुउद्देश्य सहकारी संस्थाले पुनर्वास नगरपालिका–३ मा शुद्ध तोरीको तेल उद्योग सञ्चालनमा ल्याएको छ।

    आइतबारदेखि उद्योगबाट व्यावसायिक रूपमा शुद्ध तोरीको तेल उत्पादन सुरु गरिएको सहकारीले जनाएको छ।

    Article inline ad #1
  • खुला सीमानाकाबाट दैनिक रूपमा अखाद्य तथामिसावटयुक्त खानेतेल भित्रिने अवस्थाले स्थानीय नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर परेको विश्लेषणपछि सहकारीले आफ्नै ब्रान्डको शुद्ध तोरीको तेल उत्पादन गर्ने निर्णय गरेको हो।

    Article inline ad #2

    सहकारीका संस्थापक अध्यक्ष दीप बहादुर तामाङका अनुसार सेयर सदस्यहरूसँग सम्झौता गरी स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै नगरवासीको घरघरमा शुद्ध तेल पुर्‍याउने लक्ष्य राखिएको छ।

    उद्योगका अध्यक्ष सुख बहादुर तामाङले पुनर्वासनगरपालिका क्षेत्रमा उत्पादन हुने तोरी किसानबाटै खरिद गरी उद्योगमा प्रशोधन गरिने बताए। “उद्योग सञ्चालनसँगै किसानलाई तोरी बिक्रीका लागि सहज हुने छ। स्थानीय उत्पादनलाई मूल्य अभिवृद्धि गर्दै उपभोक्तासम्म शुद्ध तेल पुर्‍याउने हाम्रो उद्देश्य हो,”  सहकारीले एक लिटर तोरीको तेलको बिक्री मूल्य ३५० रुपैयाँ निर्धारण गरेको जनाएको छ। तेल उत्पादनसँगै निस्कने खली पिना उद्योगका लागि थप आम्दानीको स्रोत हुने सहकारीको भनाइ छ।

    स्थानीय बजारमा पाइने मिसावटयुक्त तेललाई विस्थापित गर्दै उपभोक्ताको स्वास्थ्य सुधारमा योगदान पुर्‍याउने लक्ष्यका साथ सहकारीले आफ्नै छुट्टै पहिचान बनाउने तयारी गरेको छ। सहकारीका पदाधिकारीका अनुसार ‘शुद्धता, स्थानीयता र स्वास्थ्य’ लाई मुख्य नारा बनाएर उत्पादन तथा वितरण विस्तार गरिनेछ।

    उद्योग सञ्चालनमा आएपछि पुनर्वास क्षेत्रका किसान, उपभोक्ता र सहकारी सदस्य सबैलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6