
धनगढीमा दुई सय ८६सामुदायिक कुकुरको बन्ध्याकरण
Above Article Content Ad
उपमहानगरपालिकाले यही चैत्र १७ गते आइतवारदेखि बुधवारसम्म सामुदायिक कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरेको थियो। चार दिनसम्म सञ्चालन भएको शिविरमा १५८ पोथी र १२८ भाले गरी दुई सय ८६ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको जनाइएको छ। धनगढीमा कुकुरको सङ्ख्या धेरै भएकाले बन्ध्याकरण गरिएको हो।
उपमहानगरपालिका पशुसेवा शाखा प्रमुख डाक्टर समीरकुमार ठाकुरले चार दिनसम्म चलेको शिविरमा छाडा छोडिएका कुकुरहरूको मात्र बन्ध्याकरण गरिएको थियो। छाडा छोडिएका कुकुरहरूको सङ्ख्या नियन्त्रण गर्न उपमहानगरपालिकाले हरेक वर्ष बन्ध्याकरण शिविर आयोजना गर्दै आएको पशुसेवा शाखा प्रमुख ठाकुरले बताए।
सामुदायिक कुकुरको बिगबिगीका कारण मानिसमा रेबिजको सङ्क्रमण हुने, सडक दुर्घटनामा बृद्धि हुने तथा फोहर दूर्गन्ध बढ्ने लगायतका समस्या कम गर्न नियन्त्रणको प्रयास हुँदै आएको छ। पशुसेवा शाखा प्रमुख डाक्टर ठाकुरले काठमाण्डौँको मण्डला भेटेनरी अस्पतालको प्राविधिक सहयोग र धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोगमा बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो।
धनगढीमा बिहानको समयमा सामुदायिक कुकुरले टोक्ने तथा लखेट्ने जोखिम रहेको उपमहानगरपालिकाले जनाएको छ। बन्ध्याकरणले सामुदायिक कुकुरको सङ्ख्या घटाउने बताइएको छ।
Article inline ad #1
शिविरमा खटिएको विज्ञसहितको टोलीले नगरको टोल–टोलमा पुगेर कुकुरलाई नियन्त्रणमा लिई शिविर स्थलमा ल्याइ बन्ध्याकरण लगायत उपचार गरेपश्चात नियन्त्रण लिइएको स्थानमै छाडिएको डाक्टर ठाकुरले बताए।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad


























