Above Article Ad
  • राष्ट्रियता कि खास्साको राष्ट्रियता ?

    राष्ट्रियता स्वभावैले आत्मिक र आन्तरिक हुन्छ । राष्ट्रवाद त्यस्तो आस्था वा प्रेमपूर्ण बन्धनको नाम हो, जसअन्तर्गत आफ्नो साझा इतिहास, परम्परा, भाषा, जातीयता र संस्कृतिका आधारमा मानिसहरू एकजुट हुन पुग्छन् । यसरी शाब्दिक दृष्टिले सुसंस्कृत र सुशासित देश नै राष्ट्रका रूपमा परिभाषित हुन्छ ।

    Above Article Content Ad
  • गोकुल निरौला

     

    Article inline ad #1
  • यस प्रक्तिकारका ऊर्जाशील केही वर्ष राष्ट्रियताको खोजीमा आन्दोलन गरिरहेका राजनीतिक दलहरूको समाचार लेख्दै बिते । इतिहास पढ्दै गर्दा र पृथ्वीनारायण शाहदेखि भीमसेन थापा हँुदै गणतन्त्रका प्रधानमन्त्री केपी ओलीसम्मको राष्ट्रियताको खोजी गर्नु जरुरी छ । बाइसे चौबिसे राज्यलाई एकीकरण गरी विशाल नेपालको निर्माण गरेका तत्कालीन राजा पृथ्वीनारायण र भीमसेन थापाले गरेको साहसदेखि एकीकृत राज्यव्यवस्थालाई संघीयतामा लैजान ठूलो आन्दोलन गरेका प्रचण्डलाई पनि सम्झनु जरुरी हुन्छ । हुनत भीमसेन थापालाई सुघौली सन्धीगरी देशको सिमाना मेची महाकालीमा सीमित पार्ने खलनायक भनेर पनि भन्ने गर्दछन् । तर, गणतन्त्रमा आइपुग्दा तत्कालीन राजा पृथ्वीनारायणको एकीकरणलाई हेर्ने हो भने नेपाल फेरी एक पटक सात टुक्रामा विभाजित भयो । नेपालको राजनीतिक विभाजनलाई विभिन्न समयमा विभिन्न आधारहरू लिएर गर्ने गरेको पाइन्छ । भीमसेन थापाको पालामा नेपाललाई ३९ जिल्लामा विभाजन गरिएका थियो ।

    Article inline ad #2

    वीर शमशेरको पालामा ३५ जिल्लामा विभाजन गरियो । प्रजातन्त्र अपहरणपछि २०१८ साल वैशाख १ गते तत्कालीन राजा महेन्द्रले १४ अञ्चल ७५ जिल्लामा विभाजन गरेका थिए । ०२९ सालमा तत्कालीन राजा वीरेन्द्रबाट नेपाललाई चार विकास क्षेत्रमा र ०३७ सालमा पाँच विकास क्षेत्रमा विभाजन गरिएको थियो । गणतन्त्रमा अहिले नेपालमा सात प्रदेश छन् भने ७७ जिल्लामा विभाजन गरिएको छ । नेपालको संविधान (२०७२) अनुसार नेपाललाई सात प्रदेशमा विभाजन गरिएको छ । राजनीतिक परिर्वतन र व्यवस्था परिवर्तनको विकास भए पनि जनताले आपूmलाई नेपाली भएकोमा गर्व गर्न सकेका छैनन् । विभिन्न समयमा विभिन्न जत्थाहरूले गरेको आन्दोलन सडकमा रहुन्जेल खास्साको राष्ट्रियता देखिन्छ । राष्ट्रियता त अंग्रेजसँग युद्ध हारेपछि सुघौली सन्धी गर्ने भीमसेन थापाको राजनीतिमा पनि थियो पछि भारतसँग सुरुङ युद्ध गर्ने माओवादीमा झन् खास्साको राष्ट्रियता देखियो । भारतमै बसेर भारतलाई नै नेपालको विकास बाधक भनि आरोप लगाउने बिपी, पुष्पलालदेखि प्रचण्ड बाबुराम हुँदै खरो राष्ट्रिवादी देखिएका केपीको राष्ट्रियता पनि जनताले अनुभव गर्न पाएका छन् ।

    जुन राष्ट्रियता खासाको सामान जस्तै हुनेगरेको छ । पहिला राष्ट्र, राष्ट्रियता र संस्कृत कुरा गरौँ । जुन हाम्रा राजनीतिक दलहरूले नेपाली जनतालाई राष्ट्र, राष्ट्रियता र संस्कृत बारेमा बुझाएर आपूm खास्साकको राष्ट्रवादी भए । राष्ट्रियता भनेको एक विश्वास वा भावना हो, जसको माध्यमबाट व्यक्तिले आफ्नो राष्ट्रसँग आफूलाई गाँसेर हेर्छ, आफ्नो परिचय प्रस्तुत गर्छ र एक प्रकारको लगाव प्रकट गर्छ । राष्ट्रियता स्वभावैले आत्मिक र आन्तरिक हुन्छ । राष्ट्रवाद त्यस्तो आस्था वा प्रेमपूर्ण बन्धनको नाम हो, जसअन्तर्गत आफ्नो साझा इतिहास, परम्परा, भाषा, जातीयता र संस्कृतिका आधारमा मानिसहरू एकजुट हुन पुग्छन् । यसरी शाब्दिक दृष्टिले सुसंस्कृत र सुसाशित देश नै राष्ट्रका रूपमा परिभाषित हुन्छ । व्यक्तिको सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक र राजनीति आदि विविध उन्नतिहरूको आधारशिला राष्ट्र हो । राष्ट्रको समुन्नतिमा व्यक्तिको उन्नति निहित छ । र संस्कृति भेषभूषा, रहनसहन, धर्म, भाषा, साहित्य, कला, दर्शन, खानपान, वास्तुशैली आदिका माध्यमले प्रकट हुने कुनै जाति विशेषको पहिचान हो । देशका विभिन्न कालखण्डमा भएका आन्दोलन र परिवर्तनले जनतालाई जातीय रूपमा मात्र विभाजन ग¥यो तर राष्ट्र, राष्ट्रियता र संस्कृत बारेमा एकजुट कहिलै हुनसकेन ।

    कमन्युनिस्टले देखाएको राष्ट्रियता भनेकै जातीयता हो । समाजलाई सदभावविहीन् बनाएर शोषणको नारादिई आपूm खरो राष्ट्रवादी भएको घोषणा गर्नु नै कम्यनिस्टको मूल चरित्र हो । माओवादीले देखाएको राष्ट्रियताले जनता आन्दोलित भए देश १० वर्ष मुलुक युद्धमैदान भयो पछि माओवादीको राष्ट्रियता पनि खास्साको राष्ट्रियतामा परीणत भयो । त्यसैले नेपालका राजनीतिक दलहरूले भन्ने गरेको राष्ट्रियता र खासाको सामानको धेरै भरोसा हुँदैन । खासाको सामान दराजमा सजाउन्जेल राम्रो देखिन्छ बहुमूल्य देखिन्छ प्रयोग गर्दैजादा तिन दिनमा बिग्रँदै जान्छ । हुँदाहुँदा जनताको भनिएको संविधान जारी गर्दा मधेसमा आगो बल्यो । आफैँले जारी गरेको संविधान बोकेर मधेस झरी बाबुराम भट्टराईले आपैmँले जलाए । आफैँले जारी गरेको संविधान जलाउने बाबुराममा पनि गजबकै राष्ट्रियता देखियो । मधेसका जनताले संविधानमा अपनत्व नपाएको भन्दै आन्दोलन गरिरहेका छन् । माथि भनेजस्तै भावना, भाषा, संस्कृति समावेश गरी उत्पन्न हुने विचार नै राष्ट्रियता हो भने नेपालमा राष्ट्र र राष्ट्रियताप्रति असन्तुष्टी बढ्दै गएको छ । यसको ज्वलन्त उदाहरण केही दिन पहिले जलाइएको नेपालको झण्डा र गाइएको गीत हेरे पुग्छ ।

    हुन त सामान बेच्ने व्यापारीले पनि खासाको सामानको वारेन्टी दिने गरेका छैनन् । राष्ट्रियताको कुरा गर्दै गर्दा एकपटक फर्केर हेर्न मन लागेर आउँछ । हामीले धेरै परिवर्तन ग¥यौँ, संविधानको नाममा धेरै कागज बदल्यौँ, बदलिएको कागजलाई धेरैपटक केरमेट ग¥यौँ । तर के भनेजस्तो परिर्वतन भयो त ? राष्ट्र, राष्ट्रियता र संस्कृतका कुरा गर्दा हामीले निरंकुश राणाशासनका प्रधानमन्त्री जंगबहादुरसँगै गणतन्त्रका प्रधानमन्त्री केपी ओलीलाई सम्झने गर्दछाँै । जंगबहादुरले ब्रिटिस सरकारसँग मिलेर कैलाली, कञ्चनपुर, बाँके, बर्दिया फिर्ता ल्याए भने गणतन्त्र नेपालमा खरो राष्ट्रवादी कहलिएका केपी ओलीले आफ्नै पालामा सार्वजनिक गरेको नक्सा पुस्तकमा छाप्न रोक लगाए । ओली संविधान जारी गर्दा भारतले लगाएको नाकाबन्दीका कारण ओली खरो राष्ट्रवादी कहलिएका थिए । नाकाबन्दीमा देखाएको राष्ट्रवादले बहुमतको सरकार गठन गर्न जनताले उनलाई मतदान पनि गरेका थिए । नेपाली कांग्रेसमा बिपीवाददेखि गणेशमान सिंहको इतिहास मेटिँदै गयो । ०४६ सालको जनआन्दोलनले ल्याएको जनताको प्रधानमन्त्री र ०४७ सालको जनताको संविधान बनाउने कृष्णप्रसाद भट्टाईको इतिहास समाप्त भयो । पुष्पलालदेखि मदन भण्डारीको इतिहास कम्युनिस्टले बिर्से ।

    आफ्नो आन्दोलनका कालखण्डमा जनतासँग गरेका वाचा र आन्दोलनको मर्म माओवादीले बिर्सेर पार्टी नै विलय भयो । कांग्रेसले माओवादी जन्माए जसरी नेकपाले विप्लबलाई आन्दोलन र हिंसाको बाटोमा पठाउने काम गरेको छ । बिप्लबलाई आन्दोलनको बाटो देखाए पनि विखण्डनकारी भनिएका सिके राउतलाई मूलधारको राजनीतिमा ल्याई मधेसको राजनीति परिवर्तन भएको हालका प्रधानमन्त्रीको बुझाइरहेको छ । नेपालमा २००७ सालमा राष्ट्रियतावादको बारेमा जुन चासो र चिन्ता थियो, ०७७ साल आइपुग्दा पनि त्यसमा खासै बदलाव आएको छैन । नेपालको भूगोललाई विदेशी अतिक्रमणको आशंका र यसबाट देशलाई जोगाउने सन्दर्भकै वरिपरि नेपालको राष्ट्रवाद घुमिरहेको छ । अहिले देशमा राष्ट्रियताको कुरा गर्दा पुराना सन्धीसम्झौतालाई पढेर कसैलाई राष्ट्रवादी र कसैलाई अराष्ट्रवादी भन्न सकिँदैन ।

    सन्धीसम्झौता गर्ने अराष्ट्रवादी हुन भने नेकपाका अध्यक्ष केपी ओली र कांग्रेसका सभापती शेरबहादुर कसरी राष्ट्रवादी भए ? के केपी नाकाबन्दी हुँदा प्रधानमन्त्री भएकोले राष्ट्रवादी कहलिएका हुन् भने नक्सा सहितको पुस्तक वितरणमा रोक लगाउँदा अराष्ट्रवादी भएनन् त ? मातृकाप्रसाद कोइरालाले कोसी र बिपी कोइरालाले गण्डक गरी दुई छुट्टाछुट्टै सम्झौता भएका थिए । त्यसमा रहेका कमीजोरीहरूलाई राजनीतिक मुद्दा बनाएर दशकौँदेखि वामपन्थीहरूले राजनीति गर्दै आएका थिए । गिरिजाप्रसाद कोइरालाले भारतसँग गरेको टनकपुर सम्झौता सन् १९५० को सन्धी यताको ‘चर्चित’ सम्झौता मानिन्छ, तर अदालतले खारेज गरिदियो ।

    पछि शेरबहादुर र माधव नेपाल मिलेर महाकाली सुम्पे । सन्धी पास गराउनमा हालका प्रधानमन्त्री केपी ओली मुख्य भूमिकामा रहेका थिए । फलस्वरूप नेकपा एमाले दुई टुक्रामा विभाजन भएको थियो । तात्कालीन एकीकृत माओवादी नेता बाबुराम भट्टराईले प्रधानमन्त्रीको हैसियतमा गरेको दिल्ली भ्रमण चर्चित छ । भट्टराई सरकारले भारतसँग दुई पक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (बिप्पा) गरेपछि उनको भ्रमण निकै विवादस्पद पनि बन्यो । अब नेपाली जनताले राष्ट्रवादी कसलाई भन्ने ? पृथ्वीनारायण शाह, भीमसेन थापा, जंगबहादुर राणा, हुँदै केपी ओली ? कि सुघौली सन्धी पछि गुमेको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया फिर्ता ल्याउने जंगबहादुरलाई भन्ने ? कि आफैँले संसद्बाट पारित गरेको नेपालको नक्सा पुस्तकमा छापेपछि वितरणमा रोक लगाउने केपी ओलीलाई ?

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button