
पुनर्वासमा पम्प नजिकै पेट्रोलको खुलेयाम कालोबजारी, प्रशासन मौन
पुनर्वास– कञ्चनपुरको पुनर्वासमा पेट्रोल पम्प नजिकै खुलेयाम पेट्रोलको कालोबजारी हुने गरेको छ ।
पम्पबाट जर्किनमा पेट्रोल ल्याएर पम्प नजिकै खुलेयाम व्यापक कालोबजारी हुँदै आएपनि प्रशासन भने मौन देखिएको हो ।
पुनर्वास–६ का कृष्ण उपाध्यायले पेट्राल पम्पमा पेट्रोल नपाउँदा नौ सय मिलि ग्राम मात्रै हुने एक बोत्तलको एक सय पचहत्तर रुपैयाँ तिर्न बाध्य भएको बताए । पम्प नजिकैका पसलहरुमा खुलेयाम अवैध रुपमा पेट्रोलको कालोबजारी हुनु प्रशासनको कमजोरी भएको उनको भनाई छ ।
त्यस्तै पुनर्वास–९ का नवराज बुढाले पनि अघिल्लो दिन दिउँसो पेट्रोल आएको सुने, बिहान बिचँफाटाबाट आई.बी.आर.डी. पेट्रोल पम्प आउँदा पम्प बन्द छ । नजिकै बोत्तलको व्यापार खुल्ला छ । बिचौलियाहरुले पम्पको तेल जर्किनमा ल्याएर बिना नापतौल चर्को मुल्यमा बेच्ने गरेपनि प्रहरीहरुले देख्दादेख्दै पनि रोक्दैन । यसको नियन्त्रण हुन नसके उपभोक्ता अझै मारमा पर्ने बताए ।
तर यस विषयमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक मनिराम भट्टलाई फोन मार्फत पेट्रोलको कालोबजारीले उपभोक्ता मारमा परेको विषय जानकारी गराउँदा पनि नियन्त्रण भने हुन सकेको छैन ।
यसरी बोत्तलहरुमा बिक्रि गर्दा आगलागीका घटना पनि घट्न सक्ने जोखिम उच्च रहेको बुद्धिजीविहरुको ठम्याई छ । त्यसैले यसको नियन्त्रणमा प्रहरीको सक्रियता हुन जरुरी देखिन्छ । केहि दिन अघि देखि सामाजिक सञ्जाल फेसबुकमा पनि पेट्रोल पम्प अगाडी बोत्तलमा पेट्रोल बिक्रि गर्दै गरेको फोटा भाईरल भएको थियो ।