Above Article Ad
  • पुनर्वासका अग्रज पत्रकार बिक नगद सहित सम्मानित

    Above Article Content Ad
  • पुनर्वास-पुनर्वास नगरपालिका ६ मा रहेको नवज्योति आमा समुह ले बृहत तिज गित प्रतियोगिता सहित बिबिध कार्यक्रम सम्पन्न गरेको छ ।

    विविध रचनात्मक कार्यक्रम सञ्चालन गरि सामाजिक रूपमा लोकप्रिय हुँदै आएको नवज्योति आमा समुह तथा जागरण चौतारी महिला समुहले आईतवार बृहत तिज गित प्रतियोगिता को आयोजना गरेको छ ।

    Article inline ad #1
  • श्री जीवन ज्योति माध्यमिक बिद्यालय को प्राङ्गणमा आयोजित भगवान श्रीकृष्ण जन्माष्टमि तथा हरितालिका तिज विशेष विविध कार्यक्रम गर्दै प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको हो ।

    Article inline ad #2

    प्रतियोगितामा पुनर्वास नगरपालिका वडा नम्बर ६ का विभिन्न आमा समुह सहित कैलाली अत्तरिया को मिलिजुली आमा समुहको समेत सहभागिता रहेको थियो ।
    उक्त प्रतियोगितामा आयोजक नवज्योति आमा समुह ले प्रथम स्थान हासिल गरेको छ भने दोस्रो स्थान पुनपा ६ कै विशाल आमासमुहले हात पारेको छ । त्यसैगरी अत्तरियाको मिलिजुली आमासमुह तथा पुनर्वास नगरपालिका ६ को त्रिभुवन आमा समुहले तेस्रो स्थान हासिल गरेको छ ।
    प्रतियोगितामा शान्ति आमा समुह , गणेश मन्दिर आमा समुह र हिमचुली आमा समुह ले सान्त्वना स्थान प्राप्त गरेका छन ।
    आयोजक नवज्योति आमा समुह ले प्रथम दितिय , तृतीय तथा सान्त्वना पुरस्कार स्वरूप ४ हजार ३ हजार २ हजार र १ हजार नगद सहित प्रमाणपत्र प्रदान गरि सम्मान गरेको छ ।
    प्रतियोगितामा अत्तरियाको मिलिजुली आमासमुह सहित स्थानीय ७ ओटा समुह हरू सहभागी रहेका थिए ।
    तिज गित प्रतियोगितामा निर्णायक संयोजक ज्योति पुस्तकालय का अध्यक्ष रामचन्द्र नेपाल रहेका थिए भने निर्णायक मुल्यांकन सदस्य हरूमा पुर्व वडा अध्यक्ष तथा कलाकार मनबहादुर गुरूङ तथा सीता भाटले गरेका थिए ।

    त्यसैगरी कुर्चि चाल प्रतियोगितामा प्रमिला आचार्य पौडेल ले प्रथम स्थान हासिल गरेकि थिईन भने दितिय स्थान लक्ष्मि न्यौपानेले र तृतीय स्थान लक्ष्मी सोती सुवेदीले हासिल गरेकि थिईन ।

     

    नवज्योति आमा समुह तथा महिला जागरण चौतारी समुह कि अध्यक्ष बिष्नुमाया कोईराला को सभापतित्वमा भएको कार्यक्रम का प्रमुख अतिथि पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्मा रहनुभएको थियो भने बिशिस्ट अतिथि मा निवर्तमान नगर प्रमुख जिबनराज थापा , वडा अध्यक्ष मित्र सिंह लामा रहेका थिए , त्यसैगरी अतिथि हरूमा नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखा सभापति कृष्णबहादुर तामाङ , पुनर्वास उधोग बाणिज्य संग अध्यक्ष राजकुमार रायमाझी , समाजसेवी ठाकुर प्रसाद वराल , जेष्ठ नागरिक पुनर्वास का अध्यक्ष बिजयराज हमाल , जीवन ज्योति मावि का प्रधाअध्यापक भरतकुमार बस्नेत लगायत समाजसेवी बुद्धिजीवी हरूको उपस्थिति रहेको थियोे ।
    कार्यक्रममा बोल्ने अधिकांश व्क्ताहरूले नवज्योति आमा समुहले आफ्नो टोल सुधार होस वा आफ्ना नानिबाबुहरू को शिक्षा दीक्षा , साथै उनिहरूको उज्ज्वल भबिस्यका लागि सञ्चालन गर्दै आएका बिबिध क्रियाकलाप का बिषयमा सकारात्मक टिप्पणी गर्दै आउदै गरेको हरितालिका पर्वको शुभकामना व्यक्त गरेका थिए ।

    यसैबिच नवज्योति आमा समुह ले सञ्चालन गर्दै आएको टोल सुधार कार्यक्रम तथा टोल सरसफाइ अभियान का बिषयमा निरन्तर कलम चलाई समाचार का माध्यमबाट सुसूचित गरेवापत पत्रकार धनबहादुर बिस्वकर्मा लाई नगद ११ सय रूपैया सहित सम्मान पत्र प्रदान गरि सम्मान गरिएको थियो ।

     


    • कार्यक्रम को सहजिकरण नवज्योति आमा समुह का संरक्षक , वरिष्ठ समाजसेवी हरि प्रसाद अधिकारी ले गरेका थिए ।
      कार्यक्रम को सञ्चालन समुह कि सचिव शुसिला पण्डितले गरेकि थिईन ।
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6