
सृजनशील सहकारीको १९औँ वार्षिक एकाइगत साधारणसभा सम्पन्न
पुनर्वास– कंचनपुरको पुनर्वास नगरपालिका– ३मा रहेको सृजनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक एकाईगत साधारणसभा सम्पन्न भएको छ।
शनिबार एक भव्य समारोहका बीच संस्थाको १९ औं साधारण सभा सम्पन्न भएको हो।
सहकारी सञ्चालक समितिका सदस्य चेतराज भट्टको सभाध्यक्ष तथा पुनर्वास नगरपालिका–४ का वडाध्यक्ष मनोज जैसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको बिशिष्ट अतिथीमा पुनर्वास नगरपालिकाका सहकारी शाखा प्रमुख शंकर बगोटि, तारा प्रसाद पाण्डे, उद्धवराज भट्ट रहनुभएको थियो।
त्यस्तै,अतिथिमा अस्थायी प्रहरी पोष्ट आई.बी.आर.डीका हवलदार रोशन चौधरी, नगर बालमा सचिव दुर्गाप्रसाद चौधरी, कालिका बजार व्यवस्थापक कोषाध्यक्ष पार्वती थापा हुनुहुन्थ्यो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथी वडाध्यक्ष मनोज जैसीले सहकारीको सफलताको शुभकामना व्यक्त गर्नुभयो। उहाँले सहकारी र शेयर सदस्यबीचको आपसी विश्वास, सहकार्य र सुमधुर सम्बन्धले नै सहकारीलाई थप बलियो र सफल बनाउने बताउनुभयो।
त्यस्तै,विशिष्ट अतिथि पुनर्वास नगरपालिका सहकारी शाखा प्रमुख शंकर बोगटीले सृजनशील सहकारीले पारदर्शी कार्यशैली, व्यवस्थित कारोबार र सदस्यलाई प्रदान गर्दै आएको गुणस्तरीय सेवाबाट राम्रो पहिचान बनाएको बताउनुभयो।

साधारण सभामा आर्थिक बर्ष २०८२/०८३ को बार्षिक प्रतिबेदन, आयकर प्रस्तुत गरिएको थियो ।
सहकारीले आयकर २०८२/०८३ मा ३३ लाख ६१ हजार २७रुपैयाँको कारेबार गरेको संस्थाका कार्यालय प्रमुख भरत भाटले जानकारी दिनुभयो ।
संस्थाले यस वर्षमात्रै ६५ लाख ५१ ह्जार ६ सय ९२ रुपैयाँ मुनाफा गर्न सफल भएको पुनर्वास शाखाका प्रबन्धक भरत भाटले जानकारी दिनुभयो ।
कार्यक्रममा जेष्ठ नागरिक उत्कृष्ट बचतकर्ताको तर्फबाट
काशीराम बिष्ट शर्मा, यज्ञराज भुसाल, प्रमाणपत्र र मायाको चिनो सम्मान गरिएको थियो।

सहकारीको पुनर्वास शाखाकी कर्मचारी सीता चौधरीको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रम विराट रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको थियो। कार्यक्रममा शेयर सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन पुनर्वास शाखाका प्रबन्धक भरत भाटले गर्नुभएको थियो।
















