Above Article Ad
  • कञ्चनपुर र कैलालीबाट लागूऔषधसहित ५ जना पक्राउ

    Above Article Content Ad
  • धनगढी-कञ्चनपुर र कैलालीबाट लागूऔषधसहित ५ जना पक्राउ परेका छन्।

    कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चानदेव खोल्टीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन १९ ग्राम ६८० मिलिग्रामसहित सोमबार दिउँसो म २ प ३३४५ नम्बरको मोटरसाइकलमा सवार भीमदत्त नगरपालिका–१८ बस्ने २५ वर्षीय नरेन्द्र डगौरा र २५ वर्षकै डेभिट चौधरी पक्राउ परेका छन्।

    यसैगरी लालझाडी गाउँपालिका–६ चानदेवको बेलडाँडी सडक खण्डबाट सोमबार दिउँसो बा ४८ प ७७७१ नम्बरको मोटरसाइकलमा सवार दुबै जनालाई अवैध लागूऔषध खैरो हेरोइन ६ ग्राम ६८० मिलिग्रामसहित कृष्णपुर नगरपालिका–२ बंक बस्ने २६ वर्षीय दिपक कठायत र वर्ष २३ को दिपश्री पाल पक्राउ परेका हुन्। यी चारै जनालाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुर र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

    Article inline ad #1
  • यसैगरी कैलालीको भजनी नगरपालिका–३ सरदार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ९२० मिलिग्रामसहित लम्कीचुहा नगरपालिका–५ बस्ने ३२ वर्षीय प्रकाश शाही पक्राउ परेका छन्। शाहीलाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी जनकपुर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो बा ४२ प २३४८ नम्बरको मोटरसाइकलमा सवार उनलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6