Above Article Ad
  • अछाममा एक बालिकाको मृत्यु

    Above Article Content Ad
  • अछाम-अछाममा बाटोबाट चिप्लिएर खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।

    अछामको मेल्लेख गाउँपालिका–४ सेलगाँउ बस्ने खडक साउँदको ७ वर्षकी छोरी कृति साउँदको मृत्यु भएको हो। कृति साँफेबगर नगरपालिका–१३ मैडाली मामा घरबाट उपचार गर्न उनको मामासँग बुढाबगरबाट उपचार गर्न गएकी थिइन्। उपचार गरी फिर्ता हुने क्रममा ईगडी खोलाको साघुरो बाटोबाट चिप्लिन गई सोही खोलामा बगेर उनी वेपत्ता भएको प्रहरीले जनाएको छ।

    Article inline ad #1
  • बालिकालाई इलाका प्रहरी कार्यालय घुघुरकोट, अछाम र सशस्त्र प्रहरी विपद मनसुन प्रतिकारी वेश टाँसी, अछामबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले खोजतलास गर्दा बगेको स्थानबाट अन्दाजी ३ कि.मी. दक्षिण तर्फ मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6