Above Article Ad
  • प्रधानमन्त्रीको विवादित अभिव्यक्तिपछि सुस्तामा एसएसबीको अवरोध

    Above Article Content Ad
  • नवलपरासी -प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिले राजनीतिक वृत्त तातिरहेका बेला सीमावर्ती क्षेत्र सुस्तामा त्यसको प्रत्यक्ष ‘साइड इफेक्ट’ देखिएको छ।

    प्रधानमन्त्रीको सम्बोधन लगत्तै नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) प्रवेश गरी निर्माणाधीन तटबन्धको काम रोकेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको १४ करोड रुपैयाँ लागतमा नारायणी नदी किनारमा बनिरहेको तटबन्धको ८० प्रतिशत काम सकिएका बेला हतियारधारी भारतीय सुरक्षाकर्मीले अवरोध सिर्जना गरेका हुन्।

    Article inline ad #1
  • सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायका अनुसार आइतबार साँझ ४०–५० जनाको संख्यामा आएका भारतीय सुरक्षाकर्मीले काम रोक्न चेतावनी दिएका थिए। स्थानीय जनप्रतिनिधि र ‘सुस्ता बचाउ अभियान’ का अभियन्ताहरूले यसलाई प्रधानमन्त्रीको अदूरदर्शी अभिव्यक्तिको परिणाम मानेका छन्।

    Article inline ad #2

    ऐतिहासिक रूपमा २०३० सालअघि ७५ हजार हेक्टरमा फैलिएको सुस्ता क्षेत्र नदी कटान र भारतीय अतिक्रमणका कारण अहिले ७ हजार हेक्टरमा खुम्चिएको छ। भारतीय पक्षले उक्त क्षेत्रलाई विवादित भन्दै काममा आपत्ति जनाएको हो, जबकि स्थानीय दाबी अनुसार तटबन्ध बनिरहेको क्षेत्र भारतीय दाबीभन्दा निकै भित्र नेपालकै भूगोलमा पर्दछ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6