
भारत छिर्नै लाग्दा गड्डाचौकीबाट दुई युवती नियन्त्रणमा
Above Article Content Ad
कञ्चनपुरको गड्डाचौकी सीमा नाका हुँदै भारततर्फ जान लागेका दुई युवतीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा पर्नेमा बर्दियाको मधुवन नगरपालिका–९ शान्तिटोलका १८ वर्षीया सम्झना सुनार र १९ वर्षीया यशोदा सुनार रहेका छन्।
Article inline ad #1
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म गड्डाचौकीको टोलीले शुक्रबार सीमा नाकामा चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
Article inline ad #2
मानव बेचबिखनको सम्भावित जोखिम तथा असुरक्षित रूपमा सीमा पार गर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै उनीहरूको सुरक्षा र अवस्थाबारे बुझ्न प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
युवतीहरू भारत जानुको वास्तविक कारण भने खुलेको छैन। उनीहरू मानव बेचबिखनको जोखिममा थिए वा थिएनन् भन्ने विषयमा समेत थप अनुसन्धान भइरहेको छ!
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad














