Above Article Ad
  • श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

    Above Article Content Ad
  • धनगढी-श्रीलंकाका अलराउन्डर थनुका दबारे नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्।

    शीर्षक्रममा ब्याटिङ गर्ने दबारेले श्रीलंकाको घरेलु क्रिकेट तथा विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। उनले प्रथम श्रेणी, लिस्ट ए र टी–२० गरी तीनवटै प्रारूपमा अनुभव बटुलेका छन्।

    दबारेले ५० टी–२० खेलमा ९२३ रन बनाएका छन्। यसक्रममा उनले एक शतक र पाँच अर्धशतक प्रहार गरेका छन्। टी–२० क्रिकेटमा उनको स्ट्राइक रेट १४२.६५ रहेको छ। उनले यस प्रारूपमा ४७ छक्का र ८६ चौका प्रहार गर्नुका साथै बलिङतर्फ २६ विकेट पनि लिएका छन्।

    Article inline ad #1
  • त्यस्तै, ६७ लिस्ट ए खेलमा दबारेले एक हजार ६७८ रन बनाएका छन्। यसक्रममा उनले एक शतक र नौ अर्धशतक प्रहार गर्नुका साथै ६३ विकेट आफ्नो नाममा गरेका छन्।

    Article inline ad #2

    प्रथम श्रेणी क्रिकेटमा उनले ४९ खेल खेल्दै दुई हजार २७५ रन बनाएका छन् भने ११ विकेट लिएका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6