Above Article Ad
  • महेन्द्रनगर आउँदै गरेको बसमा महिला यात्रुमाथि दुर्व्यवहार, तीन युवक पक्राउ

    Above Article Content Ad
  • धनगढी-काठमाडौँबाट महेन्द्रनगर आउँदै गरेको यात्रुवाहक बसमा महिला यात्रुमाथि दुर्व्यवहार गरेको आरोपमा तीन युवक पक्राउ परेका छन्।
    मदिरा सेवन गरेर महिला यात्रुलाई लक्षित गर्दै अभद्र व्यवहार गरेको घटना बसभित्र जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको थियो। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाबारे थप चासो बढेको छ।

    पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का समीर बिष्ट र अनिल नाथ योगी तथा वडा नम्बर ३, तिलकेनीका जीवन बम रहेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार उनीहरूलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

    प्रहरीका अनुसार गत १७ कात्तिकमा काठमाडौँबाट महेन्द्रनगर आउँदै गरेको महाकाली यातायातको सुपप्र ०२–००१ ख १५६५ नम्बरको बसमा घटना भएको थियो। आफूमाथि दुर्व्यवहार भएको भन्दै पीडित युवतीले प्रहरीमा निवेदन दिएपछि कञ्चनपुर प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो।

    Article inline ad #1
  • बसका कर्मचारीका अनुसार काठमाडौँबाटै बस चढेका तीन युवकले धादिङको धार्के पुगेपछि मदिरा सेवन गरेर होहल्ला गर्न थालेका थिए। उनीहरूले महिला यात्रुलाई लक्षित गर्दै अपशब्द प्रयोग गर्नुका साथै अभद्र व्यवहार गर्न थालेपछि अन्य यात्रुले पटकपटक सम्झाएका थिए। तर, यात्रुको आग्रह बेवास्ता गर्दै दुर्व्यवहार जारी राखेपछि बसभित्रको वातावरण तनावपूर्ण बनेको थियो

    Article inline ad #2

    घटनाबारे सूचना पाएपछि बुटवल प्रहरीले पनि उनीहरूलाई नियन्त्रणमा लिएको थियो। बुटवल प्रहरीको हिरासतमा एक रात राखिएपछि उनीहरूलाई महेन्द्रनगर पठाइएको थियो। त्यसपछि पीडित युवतीको निवेदनका आधारमा कञ्चनपुर प्रहरीले तीनै जनालाई पुनः नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।


    बसमा जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको घटनाको भिडियो सार्वजनिक भएपछि यात्रुवाहक सवारीमा महिला यात्रुको सुरक्षाबारे प्रश्न उठाउन थालिएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6