Above Article Ad
  • कञ्चनपुरमा १० लाखको अवैध सामान बरामद, ३ जना पक्राउ

    Above Article Content Ad
  • आइतबार र सोमबार गरेर प्रहरीले १० लाख ४९ हजार ३८५ बराबरको अवैध सामान बरामद गरेर कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको जनाएको छ ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीकाअनुसार प्रदेश र जिल्लाको संयुक्त टोलीले आइतबार मात्र पाँच लाख १७ हजारको सामान बरामद गरेको थियो । साइकलका पाटपुर्जा, ट्युब, मिठाइ, मोटरसाइकल, माछा र पेय पदार्थ बरामद गरिएको हो ।

    Article inline ad #1
  • यस्तै, तीन लाख ७४ हजार २२५ बराबरका कपडा, खाद्यान्न र किरानाका सामान पनि बरामद गरिएको छ । सोमबार भने अवैध सामान ओसारपसारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ ।

    Article inline ad #2

    प्रदेश प्रहरी कार्यालय र जिल्लाको संयुक्त टोलीले भीमदत्त नगरपालिका–१८ को कारागार रोडबाट एक लाख ५७ हजार बराबरको अवैध सामानसहित उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–२ बस्ने ५० वर्षीय लप्टन चौधरी, ११ बस्ने किसनदत्त जोशी र वडा नं.१७ बस्ने लबराज चटौत रहेको प्रहरीले जनाएको छ ।

    उनीहरूको साथबाट भारतीय नम्बरको एउटा मोटरसाइकल, चेक स्पोकेट, ब्रेक र प्लाष्टिक बरामद गरिएको छ

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6