
आज र भोलि सरकारले देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
Above Article Content Ad
धनगढी-भिटामिन ए खुवाऔँ, बाल मृत्युदर घटाऔँ’ भन्ने मूल नाराका साथ आज र भोलि भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदैछ ।
राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत सरकारले देशभर
Article inline ad #1
भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने अभियानलाई सञ्चालन गरेको हो । ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइन्छ ।
Article inline ad #2
नेपालमा यो कार्यक्रम वर्षमा दुई पटक सञ्चालन गरिन्छ । कात्तिक २ र ३ गते तथा वैशाख ६ र ७ गते सञ्चालन गरिने कार्यक्रम यस वर्ष भने तिहार परेकाले आज र भोलिका लागि तय गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad



























https://shorturl.fm/Wo4s2