Above Article Ad
  • पुनर्वासमा सर्वाधिक धनराशिको दशौ लालझाडी कप फुटबल प्रतियोगिता आयोजना हुने सुदूरपश्चिम प्रदेश

    Above Article Content Ad
  • कञ्चनपुरको पुनर्वास नगरपालिका १० स्थित श्री लालझाडी युवा क्लब ११ ले सर्वाधिक धनराशि को दशौं लालझाडी कप फुटबल प्रतियोगिता को आयोजना गर्ने भएको छ ।
    लागू औषध विरूद्धको खोप खेलाडी उत्पादनमा जोड भन्ने मुल नारा सहित आगामी मंसिर ३ गते उद्घाटन भई मंसिर १३ गते समापन गरिने जनाईएको छ ।
    उक्त फुटबल प्रतियोगिता पालिका स्तरिय पुरूष तथा महिला खुला फुटबल प्रतियोगिता को आयोजना गर्न लागेको हो

    आयोजक क्लबले सोमबार पत्रकार सम्मेलन गरि प्रतियोगिता बारे जानकारी गराउदै जिल्लामै सर्वाधिक धनराशिको फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
    आयोजकका अनुसार प्रतियोगितामा विजेता टिमलाई नगद ३ लाख एबं आकर्षक ट्रफि मेडल प्रदान गर्नेछ भने उपविजेता टिमलाई १ लाख ५० हजार नगद एबं ट्रफि पुरस्कार प्रदान गरिनेछ।

    Article inline ad #1
  • Article inline ad #2

    प्राप्त जानकारी अनुसार पुरूष तर्फ उत्कृष्ट खेलाडीलाई नगद २५ हजार , उत्कृष्ट गोल रक्षकलाई नगद १० हजार , उत्कृष्ट रक्षकलाई १० हजार , उत्कृष्ट मिड फिल्डरलाई १० हजार , सर्वाधिक गोलकर्ता लाई १० हजार , उदयमान खेलाडीलाई १० हजार , त्यसतै उत्कृष्ट प्रशिक्षक लाई १० हजार र म्यान अफ द म्याच बापत प्रत्येक खेलमा २५ सय नगद राशि प्रदान गरिने जनाईएको छ ।

    त्यसैगरी क्लबले प्रथमपटक महिला खुला फुटबल प्रतियोगिता लाई समेत समावेश गर्ने भएको जानकारी गराउदै महिला तर्फ प्रथम हुने विजेता टिमलाई नगद ५० हजार र ट्रफि प्रदान गर्नेछ भने उप विजेता टिमलाई नगद २५ हजार प्रदान गर्नेछ ।

    प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद ५ हजार , उत्कृष्ट गोल रक्षकलाई ३ हजार , उत्कृष्ट रक्षकलाई ३ हजार , उत्कृष्ट मिड फिल्डर लाई ३ हजार , सर्वाधिक गोलकर्तालाई ३ हजार , उदयमान खेलाडीलाई ३ हजार , उत्कृष्ट प्रशिक्षक ३ हजार र म्यान अफ द म्याच ११ सय नगद राशि प्रदान गरिने पत्रकार सम्मेलन मार्फत जानकारी गरिएको थियो ।

    आगामी मंसिर ३ गते औपचारिक उद्घाटन भई मंसिर १३ गते समापन गरिने उक्त फुटबल प्रतियोगितामा २२ लाख खर्च लाग्ने अनुमान गरिएको छ भने उक्त प्रतियोगिता का लागि सुदूरपश्चिम खेलकुद परिषद मुख्य प्रायोजक रहनेछ भने पुनर्वास नगरपालिका कार्यालय एबं वडा नम्बर १० ले समेत आर्थिक सहयोग गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियो ।

    क्लबका अध्यक्ष कांसिराम बोहराले प्रतियोगिता बारे जानकारी गराएका थिए । क्लबका अध्यक्ष कांसिराम बोहराको सभापतित्वमा भएको कार्यक्रम मा पुनर्वास नगरपालिका उप प्रमुख भुलिया कुमारी राना रहेकि थिईन भने बिशिस्ट अतिथिमा सुदूरपश्चिम खेलकुद परिषद बोर्ड सदस्य निता कुमारी खत्री , पुनर्वास नगरपालिका वडा नम्बर १० का अध्यक्ष सुकदेब राना , वडा नम्बर ११ का अध्यक्ष तुलसि अर्याल , कञ्चनपुर फुटबल संघ उपाध्यक्ष दाउत तामाङ लगायत रहेका थिए ।

    प्रतियोगिताले स्थानीय तथा राष्ट्रिय स्तरका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै फुटबल खेलको विकास र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ

    आयोजकले प्रतियोगितालाई व्यवस्थित, प्रतिस्पर्धात्मक र भव्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको जानकारी दिएको छ। प्रतियोगितामा विभिन्न टोलीको सहभागिता रहने तथा खेलकुदप्रेमी दर्शकलाई रोमाञ्चक खेलको अनुभव प्रदान गरिने आयोजकको भनाइ छ।

    प्रतियोगितामार्फत खेलकुदको विकास, युवालाई खेलप्रति आकर्षित गर्ने तथा स्थानीय क्षेत्रको पहिचान स्थापित गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ।
    आयोजकले प्रतियोगितालाई सफल बनाउन खेलाडी, खेलप्रेमी, स्थानीयवासी, संघसंस्था तथा सरोकारवाला सबैलाई सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।
    क्लबका वरिष्ठ उपाध्यक्ष दिपेन्द्र कुवंर को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सञ्चालन सचिव अमित बिकले गरेका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6