Above Article Ad
  • नागरीक बचत तथा ऋण सहकारी संस्थाले ग¥यो आफ्ना कृषक शेयर सदस्यहरुलाई कृषी सामाग्रीहरु बितरण

    Above Article Content Ad
  • कञ्चनपुरको पुनर्वासमा रहेका नागरीक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना कृषक शेयर सदस्यहरुलाई कृषी सामाग्रीहरु बितरण गरेको छ । नेपाल सिड एण्ड फर्टिलाइजर प्रोजेक्ट उत्तम व्यवस्थापन अभ्यासमा आधारित धान खेती प्रविधि कृषि उपकरण वितरण कार्यक्रम अन्तरगत कृर्षी उपकरणहरु वितरण गरीएको सहकारीका ब्यवस्थापक तिर्थराज रानाले जानकारी दिनुभयो ।शेयर सदस्यहरुलाई, ब्यत्तिगत र सामुहिक रुपमा कृषी उपकारणहरु बितरण गरीएको उहाँले जानकारी दिनुभयो । सिड ट्रे, सब्जी क्रेट, ३ लिटरको स्प्रे पम्प, ५ लिटरको हजारी र १६ लिटरको स्प्रे टंकी, गरी ४५ जनालाई बितरण गरीएको सहकारीका ब्यवस्थापक रानाले जानकारी दिनुभयो । कुल ३ लाखको लागत रहेको कृषी उपकरणहरु वितरण गरीएको थियो ।
    कृषी उपकरण बितरण कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य बिर बहादुर थापाले सरकारले गर्ने काम सहकारीले गरेको भन्दै धन्यवाद ब्यक्त गर्नुभयो । सहकारीले हरेक बर्ष विभिन्न निकायको सहयोगमा आफ्ना कृषक सदस्यहरुलाई कृषी उपकरणहरु बितरण गर्दै आएको र अबको बर्षमा आफ्नो तर्फबाट पनी सहयोग गर्ने प्रतिबद्धता उहाँले ब्यक्त गर्नुभयो । यस्तै आफुले पाएका कृषी उपकरणहरुको उच्चतम प्रयोग गर्न समेत उहाँले कृषक शेयर सदस्यहरुलाई आग्रह गर्नुभयो । आफु पनी किसानको छोरा भएकाले किसानका हरेक समस्यामा आफु अग्रपंक्तीमा रहेर काम गर्नेमा दुइमत नरहेको उहाँले जिकिर गर्नुभयो ।
    कार्यक्रममा बोल्दै नागरीक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धोखे रानाले सहोगी संस्थाप्रति हार्दिक आभार ब्यक्त गर्नुभयो । संस्थाको उद्देश्य पनी आर्थीक संगै कृषी क्रान्ती रहेकाले आफ्ना शेयर सदस्यहरुको जिविकोपार्जनमा सहयोग पुगोस भनेर कृषी उपकरणहरु बितरण गरेको बताउनुभयो । सुरुवातमा बाली अनुषन्धान कार्यक्रम संगै अहिले कृषी उपकरण बितरण गरीएको उहाँले जानकारी दिनुभयो । सिमेट संस्थाको सहयोग र नेपाल सिड एण्ड फर्टिलाइजर प्रोजेक्टको समन्वय तथा कृषक शेयर सदस्यहरुको ५० प्रतिशत अनुदानमा कृषी उपकरण बितरण गरीएको हो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button