
पुनर्वासमा छोराद्वारा बुवामाथि दाउ प्रहार, भारततर्फ भाग्दै गर्दा पक्राउ
Above Article Content Ad
पुनर्वास -कञ्चनपुरको पुनर्वास नगरपालिका–११ स्थित देउराली बजारमा आफ्नै छोराले बुवामाथि दाउ प्रहार गरी घाइते बनाएका छन्।
सामान्य विवादका कारण २४ वर्षीय राहुल दमाईले आफ्नै ५५ वर्षीय बुवा भक्तबहादुर दमाईमाथि दाउ प्रहार गरेका हुन्।
Article inline ad #1
घटनापछि भारततर्फ भाग्दै गरेका आरोपितलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Article inline ad #2
दाउ प्रहारबाट घाइते भएका भक्तबहादुरको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले जानकारी दिएका छन्।
घटनापछि भारततर्फ भाग्दै गरेका राहुललाई परासन प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
1
+1
Below Article Content Ad















