Above Article Ad
  • बेलौरीको शोभातालमा डुङ्गा सञ्चालन

    Above Article Content Ad
  • बेलौरी।कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५मा रहेको पर्यटकिय स्थल शोभातालमा बिहीबारबाट डुङ्गा सेवा सञ्चालनमा आएको छ।

    बेलौरी नगरपालिकाका नगरप्रमुख पोतीलाल चौधरीले शोभातालको पर्यटन विकासका लागि संघीय सरकारको ससर्त अनुदान बाट ५ थान डुङ्गा,१थान गौतम बुद्धको मूर्ति र १थान सेल्फी स्टेण्ड लगायत सामाग्री शोभाताल संरक्षण समितिको परिसरमा पुगी हस्तान्तरण गरिएको नगरप्रमुख पोतीलाल चौधरीले संघीय सरकार संग पहल गरी सामग्री माग गरेको जानकारी दिनुभयो।

    Article inline ad #1
  • नगरको नीति तथा कार्यक्रममा तालहरू मध्ये शोभाताल पनि पर्यटकीय हबको रुपमा विकास गरिने निर्णय भए अनुरूप काम अगाडि बढाइएको र केही दिन बेलौरी नगरपालिका वडा नम्बर १,२ र ३ मा रहेको बन्धातालको पर्यटन विकासका लागि टेण्डर प्रकिया बढाइने समेत बताउनुभयो।विगतदेखि नै शोभातालको चौतर्फी विकासका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानिय सरकारले सहयोग गर्दै आइरहेको छ।

    Article inline ad #2

    कार्यक्रममा बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरी, नगरप्रवक्ता हर्क बहादुर भूल, वडाध्यक्ष लाल बहादुर चौधरी,कार्यपालिका सदस्य आरती चौधरी लगायत स्थानीयको उपस्थित रहेको थियो। कार्यक्रममा बोल्दै शोभाताल संरक्षण समितिका अध्यक्ष जगदीश चौधरीले तालको पर्यटन विकासका लागि सामाग्री उपलब्ध गराउन अहम भूमिका खेलेकोमा नगरप्रमुख पोतिलाल चौधरी र नगरपालिका प्रति धन्यवाद ज्ञापन गर्नुभयो।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button