Above Article Ad
  • भारतमा बाढीपहिरोमा ६२ जनाको मृत्यु

    Above Article Content Ad
  • भारत -भारतको उत्तरी राज्य उत्तर प्रदेशमा तीन दिनदेखिको भारी वर्षापछि आएको बाढीमा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् ।

    भारी वर्षाले राज्यका विभिन्न जिल्लामा बाढी आएपछि राजधानी लखनऊसहित केही क्षेत्रमा सोमबार विद्यालय बन्द गरिएको छ । उद्धार टोलीले बाढी प्रभावित क्षेत्रबाट मानिसलाई सुरक्षित स्थानमा सारिरहेका छन् । स्थानीय बासिन्दालाई जलमग्न क्षेत्रमा अनावश्यक यात्रा नगर्न तथा तीव्र गतिमा बग्ने नदी, खोला र नालाबाट टाढा रहन आग्रह गरिएको छ ।

    Article inline ad #1
  • लखनऊस्थित क्षेत्रीय मौसम विज्ञान केन्द्रका वरिष्ठ वैज्ञानिक अतुल कुमार सिंहका अनुसार बङ्गालको खाडीमा विकसित मौसम प्रणाली कमजोर हुँदै गएकाले सोमबारदेखि वर्षा कम हुने अपेक्षा गरिएको छ । उनका अनुसार मङ्गलबारसम्म राज्यका पूर्वी र पश्चिमी भागमा हल्का वर्षा भने जारी रहन सक्नेछ ।

    Article inline ad #2

    बाढीको प्रभाव भारतको पूर्वी राज्य ओडिसामा पनि परेको छ । त्यहाँ ७५ हजारभन्दा बढी मानिसलाई बाढी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6