Above Article Ad
  • कमजोर बन्दै न्यून चापीय प्रणाली

    Above Article Content Ad
  • सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रमा सामान्यतया वर्षा भइरहे पनि ठूलो जोखिम भने टर्दै गएको छ ।

    अत्तरियास्थित नेपाल मौसम विज्ञान फिल्ड कार्यालयका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव विस्तारै कमजोर बन्दै जाने क्रममा रहेकाले जोखिम पनि घट्दै गइरहेको छ ।
    यही असोज ९ गतेदेखि लगातार वर्षा हुँदा यहाँको जनजीवन प्रभावित भए पनि ठूलो जोखिम भने टर्दै गएको छ ।

    Article inline ad #1
  • कार्यालय प्रमुख इन्जिनियर सञ्जयकमार साहले आज दिउँसोदेखि न्यूनचापीय प्रणाली विस्तारै कमजोर बन्दै गएकाले धेरै जोखिम नरहे पनि सतर्क रहनुपर्ने अवस्था भने कायमै रहेको बताए ।
    आज दिउँसो तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहे पनि रातिदेखि प्रदेशभर मध्यम वर्षा मात्र हुने पूर्वानुमान रहेको उनले जानकारी दिए   ।

    Article inline ad #2

     आज दिउँसो प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा तथा एक वा दुई स्थानमा भारी वर्षाको पूर्वानुमान रहेको छ ।
    आज रातिदेखि यहाँका हिमाली, पहाडी र तराई क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

    आगामी बुधबार भने यहाँका सबैजसो स्थानमा मौसम आंशिक बदली रही केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने राति तराई क्षेत्रमा मुख्यतया सफा रहने पूर्वानुमान  छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6