Above Article Ad
  • पुनर्वासमा प्रहरी कार्यालय नजिकै ज्यान लिने घटना, सुरक्षा निकायलाई ठूलो चुनौती

    Above Article Content Ad
  • पुनर्वास-कञ्चनपुरको पुनर्वास नगरपालिका-३स्थित आई.बी.आर.डी. बजारमा एक युवक माथी बोतल प्रहार गरी घाइते बनाएको छ।

    सोमबार राति करिब ११ बजे अस्थायी प्रहरी पोस्ट आई.बी.आर.डी. नजिक पुनर्वास नगरपालिका–१ ढक्का बस्ने २४ वर्षीय इन्द्र रानालाई चार–पाँच जनाको समूहले बोतल प्रहार गरि घाईते बनाएको हो।

    Article inline ad #1
  • प्रहरीका अनुसार बोतलप्रहारपछि संलग्न समूहका दुईजनालाई नियन्त्रणमा लिएको र घटना सम्बन्धी सोधपुछ भईरहेको  इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह  कार्कीले जानकारी दिनुभयो।
    प्रहरी निरीक्षक कार्कीले घटना बुझ्दै जादा खुकुरी प्रहार नभएर  बोतल प्रहार भएको बताउनुभयो ।

    Article inline ad #2

    सो बजारमा पछिल्लो समय अराजक गतिविधि बढ्दै गएपछि स्थानीयवासीमा सुरक्षा चिन्ता बढेको छ।

    साँझ पर्नासाथ मोटरसाइकल तीव्र गतिमा हुइँक्याउने, पट्काउने, अश्लील शब्द प्रयोग गर्दै होहल्ला गर्ने तथा समूहबीच झडप हुनेजस्ता गतिविधि बढ्दै गएपनि प्रहरीको सक्रियता न्यून देखिने गरेको बजारबासीहरुको भनाई छ ।

    प्रहरी कार्यालयकै नजिकै भएको ज्यान लिने खालको यस घटनाले पुनर्वास क्षेत्रको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6