Above Article Ad
  • सिंहदरबारमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको छलफल सुरु

    Above Article Content Ad
  • काठमाडौं: देशकै प्रमुख तीन ठूला राजनीतिक दलका शीर्ष नेताहरुको बैठक शुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा नेकपा (एमाले)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन्।

    छलफलमा तीननेतासँगै गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्याय सल्लाहकार अग्नि खरेल,  माओवादीका उपमहासचिव शक्ति बस्नेत र नेता खिमलाल देवकोटा सहभागी छन्।

    Article inline ad #1
  • त्यसअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न प्रचण्ड शीतल निवास पुगेका थिए। करिब ४० मिनेटको भेटमा प्रचण्डले राष्ट्रपतिसमक्ष सरकारकै असफलताको कारण नागरिकमा निराशा छाएको र प्रतिगामी शक्तिहरुको गतिविधि बढेको धारणा राखेको बताइएको छ ।

    Article inline ad #2

    त्यसपछि यो बैठकमा आएका प्रचण्डसहितले टीआरसीबारे छलफल गर्ने तयारी छ। प्रधानमन्त्री ओलीले टीआरसीबारे छलफल गर्न अघिल्लो साता नै प्रयास गरे पनि विपक्षी दलका नेता प्रचण्डले समय नदिँदा सम्भव नभएको संसदमा बताएका थिए।

    सङ्क्रमणकालीन न्यायका लागि कानुन बने पनि बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग आयोग गठन हुन सकेका छैनन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by