Above Article Ad
  • कैलालीका स्तरीय होटल अब राति १२ बजेसम्म सञ्चालन गर्न पाइने

    Above Article Content Ad
  • धनगढी – कैलालीमा प्रदेश सरकारको मापदण्डअनुसार दर्ता भएका स्तरीय होटल अब राति १२ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।

    यसअघि होटल तथा अन्य व्यवसाय राति १० बजेसम्म बन्द गर्नुपर्ने व्यवस्था रहेकामा होटल व्यवसायी संघ कैलाली, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबीच भएको छलफलपछि स्तरीय होटलको सञ्चालन समय दुई घण्टा थप गर्ने सहमति भएको हो ।

    नयाँ सहमतिअनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा स्तरीय होटलका रूपमा दर्ता भएका होटलले राति १२ बजेसम्म ग्राहकलाई सेवा दिन पाउनेछन् । होटल व्यवसायी संघ कैलालीका अनुसार जिल्लामा प्रदेश सरकारको मापदण्डअनुसार दर्ता भएका स्तरीय होटलको संख्या करिब एक सय रहेको छ ।

    Article inline ad #1
  • सञ्चालन समय थप गर्ने सहमतिपत्रमा कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख नरेन्द्र चन्द र होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव पाण्डेयले हस्ताक्षर गरेका छन् ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6