
पुनर्वासमा भन्सार छली ल्याइएका सामान प्रहरीद्वारा बरामद
Above Article Content Ad
पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिका–४ स्थित लोहनी चोकबाट भारतबाट भन्सार छली गरेर नेपाल भित्र्याइएका विभिन्न सामान प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट प्रहरी नायब निरीक्षक कैलाश कुमार मल्ल र अस्थायी प्रहरी पोस्ट आई. बि. आर. डी.बाट प्रहरी सहायक निरीक्षक वीरेन्द्र बहादुर खडायतको कमाण्डमा खटिएको संयुक्त प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा रहेको उक्त सामान बरामद गरेको हो ।
Article inline ad #1
प्रहरीका अनुसार बरामद सामानमा २.२५ लिटरका कोक ५० बोतल, मैदा ४५ केजी, नमकिन १६० प्याकेट र दुई थान साइकल रहेका छन् । बरामद सामानको कुल मूल्य करिब २१ हजार २ सय रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाइएको छ । बरामद सामान आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखिएको प्रहरीले जनाएको छ ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















